close

ह्वाट्सएपमा अब आफ्नो फोटोलाई स्टिकर बनाउन सकिने

टेकपाना टेकपाना

फागुन २०, २०७९ १७:२

ह्वाट्सएपमा अब आफ्नो फोटोलाई स्टिकर बनाउन सकिने

काठमाडौं । अब ह्वाट्सएपमा आफ्ना फोटोहरूलाई स्टिकर बनाएर प्रयोग गर्न सकिने भएको छ । ह्वाट्सएपमा प्रयोग गर्ने स्टिकरका लागि प्रयोगकर्ताले थर्ड पार्टी एप प्रयोग गर्दै आएका थिए ।

यही कुरालाई विस्थापन गर्न कम्पनीले आफ्नो मेसेजिङ प्लेटफर्ममा नयाँ फिचर थप गरेको हो । अब प्रयोगकर्ताले आफ्नै फोटोलाई स्टिकर बनाएर प्रयोग गर्न सक्नेछन् । 

खबरअनुसार अर्को अपडेटसँगै सुरुमा आईओएसका प्रयोगकर्ताको लागि यो फिचर उपलब्ध हुनेछ । यद्यपि आईओएस १६ भन्दा माथि मात्र यो फिचरले सपोर्ट गर्नेछ ।

फिचर उपलब्ध भएपछि प्रयोगकर्ताले सहजै च्याटमा आफूले चाहेको फोटोलाई ड्रयाग गरेर च्याटबक्समा पेस गर्न सक्नेछन् । यसपछि ह्वाट्सएपले स्वत: उक्त फोटोलाई स्टिकर बनाइदिनेछ भने भविष्यमा पुन: प्रयोग गर्नको लागि त्यो फोटो त्यही स्टिकरको रुपमा उपलब्ध हुनेछ ।

पछिल्लो अध्यावधिक: फागुन २०, २०७९ १७:२