close

मान्छेको कल्मी गरी रोबोट बनाइँदै, जसले गरिदिनेछ तपाईँका दैनिक घरायसी काम

टेकपाना टेकपाना

फागुन २२, २०७९ १०:३८

मान्छेको कल्मी गरी रोबोट बनाइँदै, जसले गरिदिनेछ तपाईँका दैनिक घरायसी काम

काठमाडौं । मानिसको रोबोटिक क्लोन अर्थात् मानिस जस्तै हुने रोबोट सामान्यतः चलचित्रहरूमा अथवा कुनै कथाहरूमा सुन्न र हेर्न पाइन्छ । तर अब वास्तवमा नै तपाईँ जस्तै देखिने तपाईँको रोबोटिक क्लोन तयार हुनेछ भन्दा तपाईँको पहिलो प्रतिक्रिया कस्तो हुन्छ ?

पक्कै पनि यो कुरा विश्वास गर्न गाह्रो हुन्छ ।

पोल्यान्डस्थित एक स्टार्टअप कम्पनी 'क्लोन रोबोटिक्स' ले मानिसको रोबोटिक क्लोनको सुरुवात २०२३ भित्रै गर्ने योजना बनाएको छ । 

सन् २०२१ को नोभेम्बर महिनामा स्थापना भएको कम्पनीले मानिस जस्तै देखिने र मानिसको दैनिक जीवनको कामलाई सहज बनाउने रोबोट उत्पादन गर्ने लक्ष्य राखेको छ ।        

घरमा खाना पकाउने रोबोट, सरसफाइ गर्ने रोबोट अनि नर्स, शिक्षक देखि लिएर आफ्नो थेरापिस्टसम्म रोबोट नै हुँदा तपाईँको दैनिकी कस्तो होला ? यो कम्पनीले यस्तै रोबोट तयार गर्ने काम गरिरहेको छ । 

कम्पनीको सबैभन्दा आकर्षित उत्पादन 'क्लोन ह्यान्ड' (क्लोन हात) हो जसले विभिन्न कामहरू सहजै गर्नसक्छ । कम्पनीका सीईओ धनुष राधाकृषणले आफ्नो ट्वीटरमा एक भिडिओ शेयर गर्दै कम्पनीले सिन्थेटिक मानवरुपी रोबोट बनाउने प्रयास गरिरहेको छ । जसको सुरुवातमा कम्पनीले हाल हातबाट काम सुरु गरेको छ । 

मानवरुपी रोबोट तयार गर्ने यो पहिलो प्रयास भने होइन । अन्य कम्पनीहरूले पनि यसमा काम गरिरहेको छ । यद्यपि यो कम्पनीले भने यो रोबोट तयार गर्ने मात्र होइन यसलाई बजारमा सर्वसुलभ रुपमा उपलब्ध गराउने पनि लक्ष्य राखेको छ । 

  

पछिल्लो अध्यावधिक: फागुन २३, २०७९ १३:५९