काठमाडौं । नेटफ्लिक्समा विभिन्न भाषाका सामग्री हुने गर्छन् । सबै सामग्री सहजै बुझ्न सकिँदैन र यसका लागि सबटाइटल आवश्यक पर्छ । तर सबटाइटल आफूअनुकूल नहुँदा तपाईँले पनि धेरै पटक आफूले हेरिरहेको भिडिओको मज्जा लिन नसकेको अनुभव गर्नुभएको होला । अथवा सबटाइटल सानो हुँदा केही पढ्न नसकिने अवस्था भएको हुनसक्छ ।
यही समस्यालाई समाधान गर्न कम्पनीले नयाँ फिचर ल्याएको छ । अब नेटफ्लिक्सको भिडिओहरूमा सबटाइटल आफैंले कस्टमाइज गर्न सकिने छ । यो फिचर नेटफ्लिक्सको वेब भर्सनमा मात्र उपलब्ध छ । साथै टिभीहरूमा पनि यो फिचरलाई उपलब्ध गराइएको छ ।
यसबाट प्रयोगकर्तालाई धेरै सहयोग पुग्ने अपेक्षा गरिएको छ । प्रयोगकर्ताले अब सबटाइटलको अक्षर परिवर्तन गर्नेसँगै अक्षरलाई सानो तथा ठूलो बनाउन सक्नेछन् । साथै अक्षरको रंग पनि परिवर्तन गर्न सकिनेछ । हाल सबटाइटलको यो सेटिङ अरबी, हिब्रु, जापानी, कोरियाली, रोमानियन, थाई र चिनियाँ भाषाको लागि मात्र उपलब्ध छ ।