काठमाडौं । फोनको ब्याट्री लाइफबारे तपाईँ कत्तिकाे सचेत हुनुहुन्छ ? फोन प्रयोग गर्दै जाँदा ब्याट्री नटिक्ने समस्या भाेग्नुभएकाे छ हाेला । यसको प्रमुख कारण ब्याट्री हेल्थ हो ।
केही स्मार्टफोन निर्माता कम्पनीले ब्याट्रीको अवस्था कस्तो छ भन्ने जाँच गर्नका लागि सिस्टम उपलब्ध गराएका हुन्छन् । समयअनुसार ब्याट्रीको क्षमता घट्दै जाने समस्यालाई न्यूनीकरण गर्नका लागि सामसङले पनि आईफोन जस्तै ब्याट्री हेल्थ जाँच गर्ने सुविधा ल्याएको छ ।
यदि तपाईँ सामसङ प्रयोगकर्ता हो भने यसरी फोनको ब्याट्री हेल्थ जाँच गर्न सक्नुहुन्छ । सामसङ डिभाइसमा रहेको 'ब्याट्री हेल्थ चेक' फिचमा एक्सेस पाउन तलको प्रक्रिया अइनाउनुहोस्:
- सबैभन्दा पहिले 'सामसङ मेम्बर' एप खोल्नुहोस् ।
- त्यसपछि तल दायाँपट्टि रहेको 'असिस्टेन्स' ट्याबमा जानुहोस् । वा स्क्रिनको कुनै भागमा रगहेको 'फोन डायग्नोस्टिक्स' (Phone Diagnostics) अप्सनमा क्लिक गर्नुहोस् ।
- र, ब्याट्रीको अप्सन छान्नुहोस् ।
- यति गरेपछि तपाईँको ब्याट्री हेल्थ कस्तो छ भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ ।
ब्याट्री हेल्थ जाँच गरिसकेपछि ब्याट्री हेल्थ खराब छ भने त्यहीबाट मर्मत गर्न सकिन्छ ।
- सबैभन्दा पहिले असिस्टेन्स ट्याबमा जानुहोस् ।
- अनि, 'फ्रिक्वेन्ट्ली आक्स्ड क्वेसन'को सेक्सनमा जानुहोस् ।
- त्यसपछि ब्याट्रीको अप्सनमा ट्याब गर्नुहोस् ।
- र, रिक्वेस्ट रिपेयरको अप्सनमा क्लिक गर्नुहोस् । यति गरेपछि फोनको सिस्टमले तपाईँको ब्याट्री मर्मतको काम सुरु गर्छ ।
ब्याट्रीलाई सुरक्षित राख्न के-कस्ता उपाय अपनाउने ?
ब्याट्रीको अवस्था कस्तो राख्ने सबै तपाईँमा निर्भर हुन्छ । ब्याट्रीको अवस्था राम्रो राख्न तलका विधिहरू अपनाउनुहोस्:
- लामो समय चार्ज नगर्नुहोस् ।
- उच्च गुणस्तरको वा डिभाइसकै चार्जर प्रयोग गर्नुहोस् ।
- ब्याट्रीलाई धेरै ताप वा चिसोबाट बचाउनुहोस् ।
- फोनलाई सकभर १०० प्रतिशतसम्म चार्ज नगर्नुहोस् । न्यूनतम २० देखि ८० प्रतिशतसम्म ब्याट्री चार्ज गर्नु उपयुक्त मानिन्छ ।
- 'ब्याट्री सेभिङ मोड' अन गर्नुहोस् ।
- फोनलाई नयाँ यूआई तथा सफ्टवेयरमा अपडेट गरिरहनुहोस् ।
- फोन प्रयोगमा नहुँदा एयरप्लेन मोड अन गर्नुहोस् ।
पछिल्लो अध्यावधिक: फागुन २९, २०७९ १३:५५
