close

स्मार्टट्यागको नयाँ भर्सन सार्वजनिक गर्दै सासमङ

टेकपाना टेकपाना

फागुन २९, २०७९ ११:४३

स्मार्टट्यागको नयाँ भर्सन सार्वजनिक गर्दै सासमङ

काठमाडौं । दक्षिण कोरियाली कम्पनी सामसङले यस वर्षको अन्त्यमा ग्यालेक्सी स्मार्टट्यागको नयाँ भर्सन सार्वजनिक गर्ने भएको छ  । सन् २०२१ मा ग्यालेक्सी एस२१ सिरिजका स्मार्टफोन सँगै कम्पनीले आफ्नो पहिलो ग्यालेक्सी स्मार्टट्याग सार्वजनिक गरेको थियो । सन् २०२१ देखि स्मार्टट्यागमा थप कुनै अपडेट उपलब्ध नगराएको कम्पनीले अब भने नयाँ भर्सन सार्वजनिक गर्ने तयारी गरेको हो ।

हुन त स्मार्टट्यागमा निरन्तर अपडेटको आवश्यक पनि रहँदैन् । आफ्नो डिभाइसको सुरक्षाका लागि उपयोग हुने यो एउटा सामान्य डिभाइस हो । त्यो हुँदा बिचको दुई वर्ष कम्पनीले यसमा थप कुनै नयाँ आविस्कार गरेको थिएन् ।

तर, अब भने कम्पनीले नयाँ पुस्तालाई लक्षित गर्दै सन् २०२३ को अन्त्यमा पस्किृत भर्सन सार्वजनिक गर्ने भएको हो । स्मार्टट्याग सँगै कम्पनीले दुई ओटा फोल्डेबल स्मार्टफोनका साथै ग्यालेक्सी बड्स३ र ग्यालेक्सी वाच६ समेत सार्वजनिक गर्ने अनुमान गरिएको छ । 
 

पछिल्लो अध्यावधिक: फागुन २९, २०७९ ११:४३