close

फेसबुकमा फर्किए डोनाल्ड ट्रम्प

टेकपाना टेकपाना

चैत ४, २०७९ १६:३९

फेसबुकमा फर्किए डोनाल्ड ट्रम्प

काठमाडौं । अन्तत: डोनाल्ड ट्रम्प फेसुबकमा फर्किएका छन् । अमेरिकाका पूर्वराष्ट्रपति ट्रम्पलाई प्रतिबन्ध लगाएको दुई वर्षपछि सामाजिक सञ्जाल प्लेटफर्म फेसबुकले प्रतिबन्ध फुकुवा गरेको हो ।

फेसबुक र इन्स्टाग्रामको स्वामित्वमा रहेको मेटा प्लेटफर्मले जनवरी २५ मा ट्रम्पको खातामा प्रतिबन्ध फुकुवा गर्ने घोषणा गरेको थियो । जनताले राजनीतिज्ञको कुरा सुन्न पाउने अधिकार हुनुपर्छ भन्दै फेसबुकले ट्रम्पमाथिको प्रतिबन्ध हटाएको हो ।

उनको अकाउन्ट शुक्रबारबाट पुन: सक्रिय भएको छ । पूर्वराष्ट्रपतिलाई २०२१ को जनवरी ६ मा अमेरिकाको राजधानीमा भएको दंगालाई प्रोत्साहन गरेको आरोपमा निलम्बन गरिएको थियो ।

उनले आफ्नो टाइमलाइनमा आफूले 'धेरै कुराएकोमा क्षमा माग्छु' भनेको पुरानो भिडिओ पोस्ट गर्दै 'आई एम ब्याक' अर्थात् 'म फर्किएँ' भनेर पोस्ट गरेका छन् ।

केहीले उनलाई फेसबुकमा फर्किएकोमा स्वागत गरेका छन् भने केहीले उनको अकाउन्ट लामो समयसम्म नटिक्ने भन्दै व्यङ्ग्य गरेका छन् ।

फेसबुक र इन्स्टाग्रामले मतदाताहरूसम्म पुग्न र निर्वाचनको लागि कोष सङ्कलन गर्न मुख्य भूमिका खेल्छ । ट्रम्पलाई फेसबुकमा प्रतिबन्ध फुकुवा गर्दा सन् २०२४ मा हुने राष्ट्रपतिको निर्वाचनका लागि ट्रम्पले उम्मेवादवारी दिएमा उनलाई धेरै फाइदा हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको विश्लेषण छ ।

हाल ट्रम्पको फेसबुक पेजमा ३४ लाख फलोअर्स छन् ।

पछिल्लो अध्यावधिक: चैत ४, २०७९ १६:३९