close

सन्दीप लामिछानेको फोटो दुरुपयोग गरी वन एक्सबेटको प्रचार

टेकपाना टेकपाना

चैत ४, २०७९ १४:५९

सन्दीप लामिछानेको फोटो दुरुपयोग गरी वन एक्सबेटको प्रचार

काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेको तस्वीरको दुरुपयोग गर्दै फेसुबकमा बेटिङ एप वनएक्सबेटको प्रचार भएको पाइएको छ । अरुणा हेत्तियाराच्छि फोटोग्राफी नामक एक फेसबुक पेजबाट वनएक्सबेटको प्रचार गरिएको फोटो पोस्ट गरिएको छ ।

बुस्ट गरिएकाे पोस्टमा क्रिकेटर लामिछानेको तस्वीर प्रयोग गरिएको छ । "हजारौं खेलकुद घटनाहरू पहिले नै अनलाइन छन् ! छान्नुहोस् र जित्नुहोस् !" क्याप्सन सहित पाेस्ट भएको उक्त फोटोको शेयर गरिएको पेजमा क्लिक गर्दा सो फोटो श्रीलंकाका फोटोग्राफरको पेजबाट शेयर भएको देख्न सकिन्छ ।

नेपालमा प्रतिबन्धित क्यासिनाे गेम तथा बेटिङ एपको प्रचारको रुपमा समय-समयमा यसरी चर्चित व्यक्तिहरूको फोटो दुरुपयोग गर्ने गतिविधि भइरहेको छ । साथै यस्ता पोस्टमार्फत स्क्याम लिंक फैलाउने गरिएकाले सतर्क रहन साइबर सुरक्षा जानकारले अनुरोध गरेका छन् ।

 

पछिल्लो अध्यावधिक: चैत ४, २०७९ १५:९