close

टिकटकमा एकै प्रकारको भिडिओ आएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

चैत ५, २०७९ १५:१२

टिकटकमा एकै प्रकारको भिडिओ आएर हैरान हुनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । टिकटकको फर यु पेजमा प्रायः हामीले हेरिरहने एकै प्रकारका भिडिओहरू आउने गर्छन् । जस्तो कि यदि हामीले कुनै खाना पकाएको भिडिओ हेरेका छौँ भने फर यु पेजमा अर्को पटकदेखि खानासँग सम्बन्धित भिडिओहरु नै धेरै आउने गर्छन् । यो टिकटकको अल्गोरिदमको काम हो । यसले तपाईँको रुची अनुसारको भिडिओ फर यु पेजमा दिने गर्छ । 

तर कहिलेकाही आफूले हेर्न नचाहेका भिडिओहरू पनि आइरहेको छ अथवा तपाईँ एकै प्रकारको भिडिओ हेरेर दिक्क हुनु भएको छ भने कम्पनीले तपाईँको लागि नयाँ फिचर सार्वजनिक गरेको छ । 

अब तपाईँले आफ्नो फर यु पेजलाई रिसेट गर्न सक्नुहुन्छ । अब आफ्नो फर यु पेज रिसेट गरेर नयाँ भिडिओहरू हेर्न सकिने भएको छ ।   

कम्पनीले ‘फोर यू’ भिडि‌ओ फिड रिसेट गर्न ‘रिफ्रेस’ नामक नयाँ फिचर ल्याएको हो । यस फिचरले प्रयोगकर्तालाई रूची अनुसारका भिडियो हेर्न सुझाव दिने कम्पनीले जनाएको छ ।  

रूची अनुसारका भिडि‌ओ नआएको गुनासाे गर्ने प्रयोगकर्ताहरुका लागि यो फिचर उपयुक्त हुने बताइएको छ । त्यस्तै भिडिओमा कन्टेन्ट कन्ट्रोल गर्नका लागि पनि यो फिचर ल्याएको कम्पनीको भनाइ छ । 

यो फिचर इनेबल गरेपछि प्रयोगकर्ताले हेर्ने भिडिओका आधारमा फिडमा भिडिओहरु आउन थाल्ने छन् । तर यस फिचरले प्रोफाइल र इनबक्समा कुनै असर नगर्ने कम्पनीले बताएको छ । 

कुनै भिडिओ हेरेपछि त्यसमा थप रूची भएन भने प्रयोगकर्ताले रिफ्रेस फिचरबाट आफ्नो फिड रिसेट गर्न सक्नेछन् ।

कसरी रिसेट गर्ने फर यु पेज ?

  • आफ्नो प्रोफाइलमा गएर स्क्रिनको माथिपट्टि दाहिनेतिर भएको तीन ओटा धर्कामा क्लिक गर्नुहोस् 

  • स्क्रिनको तल देखिने अप्सनमा सेटिङ एन्ड प्राइभेसीमा क्लिक गर्नुहोस् 

  • स्क्रिनलाई थोरै स्क्रोल गरेर तल भएको ‘कन्टेन्ट प्रिफरेन्सेस’ अप्सनमा क्लिक गर्नुहोस् 

  • ‘रिफ्रेस योर फर यु फिड’ मा क्लिक गरेर ‘रिफ्रेस’ बटनमा क्लिक गर्नुहोस् । 

यसपछि तपाईँको फर यु पेज रिसेट हुनेछ । यो फिचर सार्वजनिक भएपनि एकैपटक सबै प्रयोगकर्तालाई उपलब्ध गराइएको छैन । यसको अर्थ यदि तपाईँको टिकटकमा यो फिचर आइसकेको छैन भने विस्तारै केही दिनमा यो फिचर देख्न सकिनेछ । कम्पनीले भने अर्को हप्तासम्ममा यो फिचर सबै प्रयोगकर्तालाई उपलब्ध गराउने जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: चैत ५, २०७९ १५:१२