close

फेसबुकमा चिनेको व्यक्तिलाई विश्वास गर्दा किशोरी बलात्कृत

टेकपाना टेकपाना

चैत २१, २०७९ २१:४९

फेसबुकमा चिनेको व्यक्तिलाई विश्वास गर्दा किशोरी बलात्कृत

काठमाडौं । किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेका २१ वर्षीय आशिश भनिने नीमा तामाङ  र काभ्रेपलाञ्चोकका २१ वर्षीय कुशल श्रेष्ठ रहेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार आरोपित नीमा तामाङले नक्कली फेसबुक आईडी बनाएर ती किशोरीसँग जोडिए ।

कुरा हुँदै गएपछि तामाङले किशोरीलाई ग्रान्डी अस्पतालनेर भेट्न बोलाए । त्यसपछि नजिकै रहेको गेस्ट हाउसमा लागे । आफूसँगै रहेका उनका साथी कुशल श्रेष्ठलाई बोलाए । त्यसपछि किशोरीलाई सामूहिक रूपमा जबर्जस्ती करणी गरे । र, फरार भए ।

सोमबार कार्यालयबाट खटिएको प्रहरी टोलीले आरोपितलाई काठमाडौँ धापासीबाट पक्राउ गरेको हो ।

तामाङ र श्रेष्ठलाई थप अनुसन्धान एवं कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको छ ।

पछिल्लो अध्यावधिक: चैत २१, २०७९ २१:४९