close

भाइसँगको झगडामा युवतीले सिङ्गै मोबाइल निलेपछि...

टेकपाना टेकपाना

चैत २३, २०७९ २२:६

भाइसँगको झगडामा युवतीले सिङ्गै मोबाइल निलेपछि...

काठमाडौं । भाइसँग मोबाइलका लागि झगडा परेपछि एक युवतीले सिङ्गै मोबाइल निलेको घटना बाहिर आएको छ । भारतको मध्यप्रदेशस्थित भिन्ड जिल्लामा गत शुक्रबार यस्तो घटना भएको हो ।

स्थानीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार सामान्य फोनका लागि १८ वर्षीया युवती र उनका भाइबीच झगडा भएको थियो । विवादलाई पार लगाउन युवतीले सिङ्गो मोबाइल नै निल्न पुग्छिन् ।

भाइसँगकाे सामान्य झगडामा मोबाइल निलेपछि उनलाई गाह्रो हुन थाल्यो । त्यसपछि पेट दुख्नुका साथै वान्ता हुन सुरु भयो । युवतीलाई गाह्रो भएपछि परिवारले जेएएच टिचिङ हस्पिटल लग्याे ।

सुरुवातमा उनको पेटभित्र मोबाइल कस्तो अवस्थामा छ भन्ने कुरा पहिचान गर्न अल्ट्रासाउन्ड, एक्स-रे, सीटी स्क्यान गरियाे । त्यसपछि इन्डोस्कोपी वा ल्याप्रोस्कोपीका माध्यमबाट फोन निकाल्न नसकिने ठहर भयो । अनि अन्त्यमा मोबाइल निकाल्न शल्यक्रिया नै गर्नुपर्ने अवस्था आयो ।

करिब दुई घण्टासम्मकाे शल्यक्रियापछि चिकित्सककाे टिम मोबाइल निकाल्न सम्भव भयो । टाइम्स अफ इन्डियालाई त्यहाँका चिकित्सकले भने अनुसार अहिले युवतीको स्वास्थ्य अवस्था सुधार हुँदै गइरहेको छ ।

पछिल्लो अध्यावधिक: चैत २३, २०७९ २२:१५