close

नेपाली सेनाको साइबर स्पेसमा आक्रमण गर्ने २१ वर्षीय युवक पक्राउ

टेकपाना टेकपाना

चैत २४, २०७९ १७:३४

नेपाली सेनाको साइबर स्पेसमा आक्रमण गर्ने २१ वर्षीय युवक पक्राउ

काठमाडौं । नेपाली सेनाको साइबर स्पेसमा आक्रमण गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्याङ्जा घर भइ पोखरा बस्दै आएका २१ वर्षीय सागर ढकाल रहेका छन् । 

नेपाल प्रहरी मातहतको साइबर ब्यूरोका अनुसार नेपाली सेनाको साइबर स्पेसमा अनधिकृत पहुँच पुऱ्याउने उद्देश्यले विभिन्न समयमा साइबर आक्रमण (Cyber Attack) भएको देखिएको थियो । सोही अनुरूप आवश्यक अनुसन्धान तथा कारबाहीका लागि नेपाली सेनाले साइबर ब्युरोलाई पठाएको पत्र अनुसार गरेको अनुसन्धानमा ढकाल पक्राउ भरेका हुन् । 

साइबर आक्रमणको अनुसन्धान, प्राविधिक विश्लेषण तथा ह्युमन इन्टेलिजेन्सका आधारमा साइबर आक्रमण गर्ने ढकाल पक्राउ परेको विज्ञप्तिमा उल्लेख छ ।

ब्यूरोबाट खटिएको टोलीले बिहीबार पोखरा महानगरपालिका वडा न. १६ बाटुलेचौरबाट ढकाललाई पक्राउ गरेको थियो । 

पक्राउ परेका ढकालमाथि विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतको आदेशले सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत २४, २०७९ १७:३४