close

अब लिङ्क्डइनमा पनि भेरिफिकेसन ब्याज, आफ्नो काम गर्ने स्थान समेत प्रमाणित गर्न सकिने

टेकपाना टेकपाना

चैत ३०, २०७९ १६:३१

अब लिङ्क्डइनमा पनि भेरिफिकेसन ब्याज, आफ्नो काम गर्ने स्थान समेत प्रमाणित गर्न सकिने

काठमाडौं । माइक्रोसफ्टको स्वामित्वमा रहेको लिङ्क्डइनले निःशुल्क भेरिफिकेसन सिस्टम सुरुवात गर्न थालेको छ । यसका लागि प्रयोगकर्ताले आफ्नो परिचय र काम गर्ने स्थान प्रमाणित गर्नुपर्ने हुन्छ ।

'क्लियर' मार्फत प्रयोगकर्ताले आफ्नो परिचय प्रमाणित गर्नुका साथै ईमेल एड्रेसबाट कार्यस्थल पुष्टि गर्न सक्नेछन् । साथै माइक्रोसफ्टको 'इन्ट्रा भेरिफाइड आईडी' प्लेटफर्मबाट निःशुल्क डिजिटल कार्यस्थल आईडी समेत प्राप्त गर्न सकिनेछ ।

इन्स्टाग्राम, फेसबुक र ट्वीटरमा जस्तो यसको भेरिफाइड ब्याजका लागि पैसा तिर्नुपर्ने छैन । जुन प्रयोगकर्ताको प्रोफाइलमा देखा पर्नेछ । तपाईंले कम्पनीले जारी गरेको ईमेल आईडीमार्फत आफ्नो कार्यस्थल प्रमाणित गर्न सक्नुहुनेछ ।

यसबाहेक यदि तपाईँ आवद्ध संस्थाले पहिलेदेखि नै इन्ट्रा प्रयोग गरिरहेको छ भने माइक्रोसफ्ट इन्ट्रामार्फत समेत यो काम गर्न सक्नुहुनेछ । आफ्नो आईडी आफैं प्रमाणित गर्ने प्रयोगकर्ताको सुविधाका लागि लिङ्क्डइनले  क्लियरसँग सहकार्य गरेको छ, जसले सुरक्षित रुपमा तपाईंको आईडी सुनिश्चित गर्ने अनुमति दिनेछ ।

यति गरिसकेपछि तपाईं 'क्लियर' प्रयोग गरी आफ्नो लिङ्क्डइन प्रोफाइलमा भेरिफाइड परिचय देख्न सक्नुहुन्छ । लिङ्क्डइनले प्रोफाइलहरूमा हरियो र निलो चेकमार्क सहितको भेरिफिकेसन हाइलाइट गर्नेछ ।

कम्पनीको ईमेलमार्फत भेरिफिकेसन गर्न सकिने सुविधा हाल सबै लिङ्क्डइन प्रयोगकर्ताका लागि उपलब्ध भइसकेको छ, जो यसलाई सपोर्ट गर्ने चार हजारभन्दा बढी कम्पनीमा कार्यरत रहेका छन् ।

माइक्रोसफ्ट इन्ट्रा भेरिफिकेसन भने यही अप्रिलको अन्त्यमा प्रारम्भिक चरणको रुपमा लिङ्क्डइनका २० लाख प्रयोगकर्ताका लागि उपलब्ध हुनेछ ।

पछिल्लो समय क्लाउड प्रविधि प्रयोग गर्ने कम्पनी तथा सङ्घसंस्थाहरूको सङ्ख्या बढ्दै गएको छ । यस्तोमा कर्मचारी भर्ना प्रक्रियासमेत 'रिमोट्ली' नै हुने गरेको छ । यस्तोमा प्रमाणपत्रहरू अनलाइनमै प्रमाणीकरण गर्नुपर्ने आवश्यकता स्पष्ट छ । माइक्रोसफ्टले आफ्नै इन्ट्रा भेरिफिकेसन आईडी सिस्टममा काम गरिरहेको छ, जुन अब लिङ्क्डइनले प्रयोग गर्न थालेको छ ।

खुला मापदण्डमा आधारित यो प्रणालीले अनेक प्रकारका एचआर तथा आइडेन्टिटी सिस्टममा काम गर्नेछ ।

"अनलाइन आधिकारिता कहिलै यति धेरै जरुरी भएन," माइक्रोसफ्टमा आइडेन्टिटी सेक्युरिटीका उपाध्यक्ष एलेक्स वेनर्ट भन्छन्, "हामीले विभिन्न प्रकारका मानिसहरूले आफूमा नभएको कुरा पनि भएको बहाना गरेर जालसाजी रुपमा प्रस्तुत हुने क्रम वृद्धि भइरहेको देखेका छौं ।"

उनी अगाडि भन्छन्, “यदि कुनै व्यक्तिले तपाईंसँग आफू फलानो कम्पनीमा काम गर्छु भनेर बताइरहेको छ भने त्यस्तो बेला पक्कै पनि तपाईं उसले भनेअनुसार त्यो सही हो कि होइन भन्ने कुरा यकिन गर्न चाहनुहुन्छ । यसको आवश्यकता स्पष्ट छ ।”

पछिल्लो अध्यावधिक: चैत ३०, २०७९ १६:४३