close

अब नेपाली चलचित्रको डबिङ साउथ इण्डियाका ओटीटी एपमा रिलिज गरिने

टेकपाना टेकपाना

बैशाख ४, २०८० १४:३

अब नेपाली चलचित्रको डबिङ साउथ इण्डियाका ओटीटी एपमा रिलिज गरिने

काठमाडौं । अब नेपाली र दक्षिण भारतीय चलचित्रहरू दुवै देशका ओटीटी प्लेटफर्ममा प्रदर्शन गर्न सकिने भएको छ ।

आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘इन्डो-नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३’ मा नेपाल फिल्म प्रमोसन सर्किट (एनएफपीसी) र फिल्म एन्ड टेलिभिजन प्रमोसन काउन्सिल (एफटीपीसी) बीच यसबारे सम्झौता भएको हाे ।

सम्झौताअनुरुप अब नेपाल र दक्षिण भारतका फिल्महरु एक-अर्काको देशका ओटीटी प्लेटफर्म र हलमा रिलिज गर्न सकिनेछ । यसअन्तर्गत नेपाली चलचित्रलाई तेलुगु भाषामा डबिङ गरेर दक्षिण भारतको ओटीटी प्लेटफर्ममा रिलिज गरिने जानकारी दिइयाे ।

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८० १४:५०