close

भ्याकेन्सी खोलिएको भन्दै सामाजिक सञ्जालमा भइरहेको विज्ञापन झुटो होः टेलिकम

टेकपाना टेकपाना

बैशाख १७, २०८० १५:३९

भ्याकेन्सी खोलिएको भन्दै सामाजिक सञ्जालमा भइरहेको विज्ञापन झुटो होः टेलिकम

काठमाडौं । नेपाल टेलिकमले आफ्ना विभिन्न शाखाहरूमा काम गर्न भ्याकेन्सी खोलिएको भन्दै सामाजिक सञ्जालमा भइरहेको विज्ञापन तथा प्रचार झुटो भएको जनाएको छ । आइतबार एक सूचना जारी गर्दै टेलिकमले कम्पनीका पदाधिकारीका नाम समेत जोडेर फेसबुक ग्रुप, मेसेन्जर तथा ह्वाट्सएप  लगायतका माध्यममा गलत सूचना प्रवाह भइरहेको उल्लेख गर्दै सचेत रहन आग्रह गरेको हो ।

हाल नेपाल टेलिकमले कुनै पनि ग्रुप वा सामाजिक सञ्जाल  मार्फत भ्याकेन्सी नखुलाएको जानकारी गराएको छ । कम्पनीको आधिकारिक ब्लु टिक सहितको फेसबुक र ट्वीटर लगायतका सामाजिक सञ्जालमा भएका सूचनालाई मात्र आधार मानेर कम्पनीका जानकारहरूको बारेमा अद्यावधिक हुन समेत अनुरोध गरिएको छ ।

"कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक पत्रिका तथा कम्पनीको वेबसाइटमा मात्रै सार्वजनिक गर्ने गरेको जानकारी पनि गराइन्छ," टेलिकमको सूचनामा भनिएको छ । 

पछिल्लो अध्यावधिक: मंसिर २७, २०८० १८:१६