close

नमस्ते पेको नयाँ सीईओमा प्रविणराज पोखरेल नियुक्त

टेकपाना टेकपाना

बैशाख १९, २०८० १०:३९

नमस्ते पेको नयाँ सीईओमा प्रविणराज पोखरेल नियुक्त

काठमाडौं । नमस्ते पेको नयाँ सीईओमा प्रविणराज पोखरेल नियुक्त भएका छन् । वैशाख १५ मा बसेको डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको सञ्चालक समितिको बैठकले प्रविणराज पोखरेललाई कम्पनीको नयाँ सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

नवनियुक्त सीईओको पदभार ग्रहण गर्दै पोखरेलले बैंक भएका र डिजिटल शिक्षा पाएका मानिसहरूलाई मात्र नभई बैंकिङ सुविधा नपाएकाहरूलाई पनि आधुनिक सेवा उपलब्ध गराएर नगदरहित समाजको निर्माण गर्न टिमसँग मिलेर काम गर्ने बताए । 

पोखरेलले विगत २७ वर्षदेखि विभिन्न बैंक, वित्तीय संस्था, भुक्तानी प्रणाली र फिनटेक कम्पनीहरूमा काम गर्दै आएका छन् । यसअघि पोखरेलले एफवान सफ्ट इन्टरनेसनल र एमनेपाल लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका थिए । 

साथै बैंकिङ क्षेत्रमा भने उनले ग्लोबल बैंक, नविल बैंक, बैंक अफ काठमाण्डु र हिमालयन बैंकमा पनि काम गरिसकेका छन् ।  


 

पछिल्लो अध्यावधिक: बैशाख १९, २०८० १०:३९