close

नेपाल, यूएई र पपुवा न्युगिनीबीचको त्रिदेशीय क्रिकेटको अनलाइन टिकेटमा २० प्रतिशत छुट

टेकपाना टेकपाना

फागुन २२, २०७९ ९:३४

नेपाल, यूएई र पपुवा न्युगिनीबीचको त्रिदेशीय क्रिकेटको अनलाइन टिकेटमा २० प्रतिशत छुट

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत नेपाल, संयुक्त अरब इमिरेट्स (यूएई) र पपुवा न्युनिगीबीच हुने त्रिकोणात्मक एक दिवसीय सिरिजको अनलाइन टिकटमा २० प्रतिशत छुट पाइने भएको छ । 

खेलको टिकटिङ पार्टनर रहेको माइपे डिजिटल वालेटले डिजिटल टिकट खरिदमा २० प्रतिशत छुटको व्यवस्था गरेको हो । हाल टिकटको मूल्य १५० रुपैयाँ तोकिएको छ । माइपेबाट टिकट खरिद गर्दा टिकटको मूल्य १२० मात्र पर्नेछ ।

खेल आगामी फागुन २५ गतेदेखि त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुँदैछ । माइपेले डिजिटल टिकटलाई प्रोत्साहन गर्नका लागि टिकटमा छुटको व्यवस्था गरेको माईपेका प्रमुखकार्यकारी अधिकृत मनोज मेहताले बताए ।

पछिल्ला खेलहरुमा नेपाली क्रिकेट दर्शकहरुको उत्साहजनक सहभागिता रहेकाले त्यसलाई निरन्तरता दिन सस्तो मूल्यको टिकट र त्यसमा पनि छुटको ब्यवस्था गरेको माइपे ले जनाएको छ । 

पछिल्लो अध्यावधिक: फागुन २२, २०७९ ९:३४