close

रुसी राष्ट्रपतिलाई लक्षित गर्दै कसले गर्‍यो ड्रोन हमला ?

टेकपाना टेकपाना

बैशाख २२, २०८० १३:३५

रुसी राष्ट्रपतिलाई लक्षित गर्दै कसले गर्‍यो ड्रोन हमला ?

काठमाडौं । बुधबार बिहान रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई लक्षित गर्दै ड्रोन हमला भयाे । क्रेमलिनस्थित पुटिनको निवासमाथि उक्त हमलाले अन्तर्राष्ट्रिय जगतमा चर्चा पाइरहेको छ ।

रुसले याे आक्रमण युक्रेनले गरेकाे आरोप लगाएकाे छ । रुसकाे राष्टपति कार्यालयले आतङ्कवादी हमला र राष्ट्रपतिको हत्या प्रयास युक्रेन सरकारले गरेकाे र त्यसमा अमेरिकी सरकारकाे सहयाेग गरेकाे भन्दै विज्ञप्ति निकाल्याे ।

यता युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने रुसकाे आरोप​ खण्डन गरेका छन् । ​जेलेन्स्कीले रुसी आरोप आफ्नो देशमा ठूलो आक्रमण गर्ने बहाना मात्र भएको बताएका छन् । अमेरिकाले पनि यो घटनामा आफ्नो कुनै संलग्नता नरहेको र रुसी दाबीलाई हास्यास्पद भनेको छ ।

अनलाइनमा ड्रोन हमलाको केही भिडिओ फुटेज भाइरल छ । सो भिडिओ फुटेजहरूमा बुधबार बिहान सरकारी भवन भएको क्रेमलिनको आकाशमा धुवाँ उडिरहेको देखिन्छ । त्यस्तै सिनेट भवनमाथि सानो विस्फोट भएको र दुईजना मानिस भवनमाथि चढ्दै गरेको देखिन्छ ।

रुसी राष्ट्रपतिको कार्यालयका अनुसार सो दिन प्रतिरक्षा स्वरुप इलेक्ट्रोनिक रडार प्रयोग गरेर अन्य दुई ड्रोन खसालिएका थियो । त्यस्तै आक्रमणको समयमा राष्ट्रपति पुटिन त्यहाँ नभएको कार्यालयले उल्लेख गरेकाे छ ।

त्यस्तै उक्त घटनाले राष्ट्रपति पुटिनलाई प्रदान गरिएको सुरक्षाको स्तर र रुसी हवाई प्रतिरक्षाको प्रभावकारितामा प्रश्न खडा गरेको छ । पछिल्लो समयमा एन्टी-एयरक्राफ्ट प्रणाली प्रमुख भवनहरूको वरपरमा राखिएको बताइने गरिन्छ ।

यद्यपि यस घटनालाई रुसले कसरी लिन्छ र के गर्छ भन्ने कुरा बाहिरिएको छैन । तर केही रुसी अधिकारीले कडा कारबाहीको लागि आह्वान गरेका छन् ।

त्यस्तै रुसी जनरलहरूले रुसी भूमिमा कुनै पनि आक्रमण गरेमा कडा जवाफ दिने चेतावनी दिएका छन् । सो घटना मे ९ का दिन मनाइने ‘भिक्ट्री डे परेड’का केही दिन अगाडि मात्र भएको हो ।

पछिल्लो अध्यावधिक: बैशाख २२, २०८० १३:४६