close

वैज्ञानिकले पत्ता लगाए प्लास्टिक पचाउन सक्ने सूक्ष्म जीवाणु

टेकपाना टेकपाना

बैशाख २९, २०८० १३:५८

वैज्ञानिकले पत्ता लगाए प्लास्टिक पचाउन सक्ने सूक्ष्म जीवाणु

काठमाडौं । अनुसन्धानकर्ताहरूले उच्च तापक्रम बिना नै प्लास्टिक टुक्र्याउन सकिने सूक्ष्म जीवाणु पत्ता लगाएका छन् । वैज्ञानिकहरूले अल्प (युरोपको हिमाली क्षेत्र) र आर्कटिक (पृथ्वीको उत्तरी भूभाग) क्षेत्र बाट यस्तो जीवाणु फेला पारेका हुन् ।

सम्भवतः यो वातावरणीय फोहोरमैला न्यूनीकरणका लागि उत्साहजनक सङ्केत हुन सक्छ । यो प्रारम्भिक खोज मात्रै भएपनि यसले वैज्ञानिकहरूलाई ल्यान्डफिल क्षेत्रमा थप किफायती र प्रभावकारी रूपमा औद्योगिक प्लास्टिक जन्य फोहोरमैला टुक्राउने नयाँ उपकरण बनाउने कार्यमा सघाउन सक्छ ।

यसबाट वातावरणीय नोक्सानी घटाउन सकिने बताइएकाे छ । स्विस फेडेरल इन्स्टिच्युट डब्लूएसएलका वैज्ञानिकहरूले यसै साता फ्रन्टियर्स इन माइक्रोबायोलोजीमा आफ्नो खोज प्रकाशित गरेका छन् ।

यसमा पोलार र स्विस अल्प क्षेत्रको चिसो अनुकूलित ब्याक्टेरिया र ढुसी तथा लेउले न्यून तथा औसत तापक्रममा वैज्ञानिकहरूले परीक्षण गरेको अधिकांश प्लास्टिक कसरी पचाएको थियो भन्ने कुराको विवरण राखिएको छ । 

पछिल्लो अध्यावधिक: बैशाख २९, २०८० १३:५८