close

साओमीको नयाँ रेड्मी बड्स ४ र ४ लाइट नेपालमा, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

जेठ २, २०८० १८:४९

साओमीको नयाँ रेड्मी बड्स ४ र ४ लाइट नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं । साओमीले रेड्मी बड्स फोर र रेड्मी बड्स फोर लाइट नेपाली बजारमा ल्याएको छ । कम्पनीले राम्रो आवाज भएको सस्तो इयरबड्स नेपाली बजारमा सार्वजनिक गरेको हो । 

दुवै इयरबड्समा लोभ लाग्दा फिचर समावेश रहेका छन् भने मूल्यका हिसाबले समेत किफायती छन् । रेड्मी बड्स फोरमा १० एमएम डाइनामिक ड्राइभर राखिएको छ, जसमा शक्तिशाली र स्पष्ट साउन्ड उपलब्ध पाउन सकिन्छ ।

हाइब्रिड न्वाइज क्यानसलेसन प्रविधि रहेको यो एयर बड्समा डुअल ट्रान्सपरेन्सी मोड समेत समावेश छ आईपी ५४ प्रोटेक्सन रहेको रेड्मी बड फोरमा ब्लुटुथ ५.२ प्रोटोकल रहेको छ, जसले गेम खेल्दा महसुस हुने लेटेन्सी घटाउँछ ।

एक पटकको चार्जमा छ घण्टा प्लेब्याक टाइम रहेको यो एयर बडमा ३० घण्टा ब्याट्री लाइभ भएको केस पाउन सकिन्छ । त्यस्तै रेड्मी बड्स फोर लाइटमा १२ एमएम डाइनामिक ड्राइभर राखिएको छ ।

एआई न्वाइज क्यान्सलेसन र म्युजिक तथा कलका लागि टच कन्ट्रोल म्यानेजमेन्ट रहेको यो एयर बडमा समेत आईपी ५४ रेटिङको धुलो तथा पानी प्रतिरोधी क्षमता रहेको छ । जुन व्यायामका पसिना आउँदा समेत प्रयोग गर्न सकिन्छ । 

ब्लुटुथ ५.३ प्रयोग गरिएको रेड्मी बड्स फोर लाइटमा भिडिओ हेर्दा वा गेम खेल्दा हुने अडियोको ल्याग कम गर्न लो लर्टेन्सी मोड दिइएको छ । यसमा एक पटकको चार्जमा पाँच घण्टासम्मको प्ले ब्याक टाइम र केसमा २० घण्टासम्मको ब्याट्री लाइफ रहेको छ । 

 

कति छ मूल्य ?

नेपाली बजारमा रेड्मी बड्स फोरको मूल्य छ हजार ९९९ रुपैयाँ रहेको छ भने रेड्मी बड्स लाइटको तीन हजार ४९९ रुपैयाँ तोकिएको छ । 

पछिल्लो अध्यावधिक: जेठ २, २०८० १८:४९