close

गत हप्ता अचानक आफैं गएका फ्रेण्ड रिक्वेस्ट फिर्ता गर्दै फेसबुक

टेकपाना टेकपाना

जेठ २, २०८० १७:४५

गत हप्ता अचानक आफैं गएका फ्रेण्ड रिक्वेस्ट फिर्ता गर्दै फेसबुक

काठमाडौं । फेसबुकले गडबडीका कारण गत हप्ता स्वतः गएका फ्रेण्ड रिक्वेस्ट रद्द गर्न थालेको छ । कम्पनीले उक्त गडबडी (ग्लिच) माथि थप प्रकाश पार्दै प्रयोगकर्तालाई समस्या समाधान भइसकेको अलर्ट दिन थालेको हो ।

फेसबुकमा अचानक देखिएको गडबडीले कुनै व्यक्तिलाई सर्च गर्दा स्वतः फ्रेण्ड रिक्वेस्ट जाने समस्या देखिएको  थियो । "गल्तीका कारण फ्रेण्ड रिक्वेस्ट जाने समस्या हामीले हालै मात्र समाधान गरिसकेका छौं । यो त्रुटीका कारण गएका कुनै पनि रिक्वेस्ट हामीले रद्द गरिसकेका छौं र त्यसका लागि माफी समेत चाहन्छौं," कम्पनीले जारी गरेको अलर्टमा भनिएको छ । 

साथै कम्पनीले प्रयोगकर्तालाई आफ्नो एक्टिभिटी लगमा गएर गएका र प्राप्त भएका फ्रेण्ड रिक्वेस्ट हेर्न समेत भनेको छ । यदि यो गडबडीका कारण तपाईं पनि प्रभावित हुनु भएको थियो भने त्यो कुरा सामान्य हुनेछ । यदि तपाईंले फेसबुकमा खोजेका व्यक्तिहरूले हालै आफ्नो नोटिफिकेसन चेक नगरेको भए सबै कुरा ठीक हुनेछ । 

पछिल्लो अध्यावधिक: जेठ २, २०८० १८:४१