close

अब नेपाल टेलिभिजन र रेडियो नेपाल एक-आपसमा गाभिने

टेकपाना टेकपाना

जेठ ५, २०८० १७:३६

अब नेपाल टेलिभिजन र रेडियो नेपाल एक-आपसमा गाभिने

काठमाडौं । सरकारले नेपाल टेलिभिजन र रेडियो नेपाललाई एक-आपसमा गाभ्ने भएको छ ।

शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यी दुई सार्वजनिक सञ्चारमाध्यमलाई एक वर्षभित्र एक-आपसमा गाभिने जानकारी दिए ।

''सार्वजनिक सेवा प्रसारकको स्थापना गरी यसै आर्थिक वर्षभित्र नेपाल टेलिभिजन र रेडियो नेपाललाई एक-आपसमा गाभेर एकीकृत प्रसारण सेवाको प्रारम्भ गरिनेछ, राष्ट्रपति पौडेलले भने । 

 साथै सञ्चार उद्योगलाई ज्ञानमा आधारित सेवा उद्योगको रुपमा विकास गर्ने नीति सरकारले ल्याएकाे छ ।

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १७:३६