close

नयाँ आर्थिक वर्षलाई ‘युवा उद्यमशीलता प्रवर्द्धन वर्ष’ को रुपमा मनाइने

टेकपाना टेकपाना

जेठ १५, २०८० १९:२

नयाँ आर्थिक वर्षलाई ‘युवा उद्यमशीलता प्रवर्द्धन वर्ष’ को रुपमा मनाइने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ लाई ‘युवा उद्यमशीलता प्रवर्द्धन वर्ष’ को रूपमा मनाउने भएको छ ।

सोमबार आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस विषयमा जानकारी दिएका हुन् ।

“आगामी आ.व २०८०/८१ लाई युवा उद्यमशीलता प्रवर्द्धन वर्षको रुपमा मनाइनेछ । युवा पुस्तालाई उद्यमशीलता विकास व्यवसाय सञ्चालनमा आकर्षित गर्न सीप पुँजी र प्रविधिमा पहुँच वृद्धि गरिनेछ,” उनले भने 

साथै उनले युवा जनशक्तिलाई मुलुकको आर्थिक तथा सामाजिक विकासको लागि परिचालन गरिने पनि बताए ।

युवाको क्षमताको विकास गरी रोजगारयोग्य बनाइने र उद्यमशीलता विकास एवं वित्तीय स्रोत साधनमा पहुँच अभिवृद्धि गरी युवालाई राष्ट्रिय उत्पादन प्रणालीमा आवद्ध गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: जेठ १५, २०८० १९:६