close

भारतमा तीन नयाँ रिटेल स्टोर खोल्ने योजनामा एप्पल

टेकपाना टेकपाना

जेठ २१, २०८० ९:२१

भारतमा तीन नयाँ रिटेल स्टोर खोल्ने योजनामा एप्पल

काठमाडौं । एप्पलले यही अप्रिल महिनामा भारतमा दुईओटा आधिकारिक स्टोर उद्घाटन गरेको थियो । मुम्बईको बीकेसी र दिल्लीको साकेतमा अवस्थित उक्त दुई स्टोरले राम्रो बजार बनाउन सफल भएपछि कम्पनीले अन्य तीन स्टोर पनि खोल्ने योजना सार्वजनिक गरेको हो । स्टोर सुरु भएको दुई महिनामा नै दुवै स्टोरले २० करोड भन्दा बढीको व्यापार गरेको छ ।   

ब्लूमबर्गमा प्रकाशित एक लेखका अनुसार आगामी चार वर्षभित्र एप्पलले विश्वव्यापी रूपमा ५३ वटा स्टोर खोल्ने, स्थानान्तरण गर्ने र पुनर्निर्माण गर्ने योजना बनाएको छ । यस मध्ये, भारतमा मात्रै तीन नयाँ स्टोर खोलिने छ । 

यी मुम्बई र दिल्लीमा नै स्थापना हुनेछन् । कम्पनीले नयाँ स्टोरहरूको लागि स्थानहरू पनि सर्टलिस्ट गरिसकेको बताइएको छ। तेस्रो एप्पल स्टोर सन् २०२५ मा मुम्बईको बोरिवलीमा खोलिने अपेक्षा गरिएको छ । 

त्यस्तै चौथो स्टोर सन् २०२६ मा नोइडाको डीएलएफ मलमा हुने योजना छ भने पाँचौं स्टोर २०२७ मा मुम्बईको वर्ली क्षेत्रमा स्थापना गरिने बताइएको छ ।

भारतमा बढ्दो एप्पल प्रयोगकर्ताको संख्याका कारण पनि कम्पनीले भारतमा बजार विस्तार गर्ने योजना बनाइरहेको छ । साथै आगामी वर्षहरूमा भारतमा उत्पादन हुने आईफोनको संख्या पनि बढाउँदै लाने कम्पनीको योजना छ ।  
 

पछिल्लो अध्यावधिक: जेठ २१, २०८० ९:२२