close

एआई र मसिन लर्निङ सम्बन्धी सेमिनार गर्दै लुम्बिनी प्राविधिक विश्वविद्यालय

टेकपाना टेकपाना

जेठ २३, २०८० १९:२८

एआई र मसिन लर्निङ सम्बन्धी सेमिनार गर्दै लुम्बिनी प्राविधिक विश्वविद्यालय

काठमाडौं । लुम्बिनी प्राविधिक विश्वविद्यालयले आर्टिफिसियल इन्टेलिजेन्समाथि एक दिने गोष्ठी गर्ने भएको छ ।

माउन्टेक सोलुसन्स, नामी रिसर्च सेन्टर र मसिन लर्निङ एन्ड डेटा साइन्स कम्युनिटी नेपाल (एमएलडीएसएन) सँगको सहकार्यमा विश्वविद्यालयले ललितपुरस्थित होटल हिमालयमा जेठ २५ गते गोष्ठी आयोजना गर्न लागेकाे हाे ।

बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म हुने गोष्ठीमा एआईसँगै मसिन लर्निङ (एमएल) र डेटा साइन्समाथि छलफल हुने बताइएकाे छ । नवप्रवर्तन, अनुसन्धान र उद्योगसँगको साझेदारीलाई बढावा दिने आफ्नो प्रतिबद्धता स्वरूप विश्वविद्यालयले कार्यक्रम गर्न लागेकाे हाे ।

उद्योग र एकेडेमियाबीच अन्तर कम गर्न भूमिका खेल्ने बताइएको यस कार्यक्रमले यी दुई क्षेत्रबीच अनुसन्धानमा सहकार्यको बाटो खोल्ने विश्वास लिइएको छ ।

त्यस्तै विश्वविद्यालयको एआई, एमएल र डेटा साइन्समा नयाँ विधि, प्रविधि र एप्लिकेसनहरूको अध्ययन/अनुसन्धानलाई प्रोत्साहित गर्ने इकोसिस्टम बनाउने लक्ष्यलाई सहयोग गर्ने विश्वविद्यालयकाे विश्वास छ ।

नि:शुल्क प्रवेश रहेको गोष्ठीमा विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. विनोदप्रसाद ढकाल, रजिष्ट्रार रेग भण्डारी, इन्स्टिच्युट अफ इन्जिनियरिङका डीन कीर्ति कुसुम जोशी (पीएचडी), आईआईटी कानपुर भारतका सहप्राध्यापक आशुतोष मोदी लगायत वक्ताका रूपमा रहनेछन् ।

पछिल्लो अध्यावधिक: जेठ २४, २०८० १५:९