close

हुन्डाईको ईभी किन्न प्रभु बैंकले ९.९९ प्रतिशत ब्यादजरमा ऋण दिने

टेकपाना टेकपाना

असार ४, २०८० १६:१०

हुन्डाईको ईभी किन्न प्रभु बैंकले ९.९९ प्रतिशत ब्यादजरमा ऋण दिने

काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले आफ्ना विद्युतीय सवारीसाधन कोना र आयोनिक फाइभको खरिदमा सस्तो ब्याजदर योजना सार्वजनिक गरेको छ ।

दिगोपन र पर्यावरणमैत्री भविष्यलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता अनुरुप हुण्डाईले प्रभु बैंकसँग साझेदारी गरी यस्तो योजना ल्याएको हो ।

यसअन्तर्गत इच्छुक खरिदकर्ताले पहिलो वर्षका लागि ९.९९ प्रतिशत ब्याजदरमा यी गाडी खरिद गर्न सक्नेछन् । बैंकका सबै शाखाबाट यो सेवा लिन सकिने जनाइएको छ । 

नेपाली बजारमा हुन्डाई आयोनिक फाइभको मूल्य एक करोड दुई लाख ९६ हजार रुपैयाँ ताेकिएकाे छ । त्यस्तै कोना एनएसको मूल्य ६० लाख ९६ हजार रुपैयाँ, कोना जीएलको मूल्य ६१ लाख ९६ हजार रुपैयाँ र ​कोना जीएलएसको मूल्य ६४ लाख ९६ हजार रुपैयाँ रहेकाे छ ।

पछिल्लो अध्यावधिक: असार ४, २०८० १६:१०