close

अब इन्स्टाग्राम रिल्स डाउनलोड गर्न सकिने

टेकपाना टेकपाना

असार ७, २०८० ६:५०

अब इन्स्टाग्राम रिल्स डाउनलोड गर्न सकिने

काठमाडौं । अब इन्स्टाग्राममा पनि रिल्स डाउनलोड गर्न सकिने भएको  छ । टिकटकको प्रतिस्पर्धीको रुपमा रहेको इन्स्टाग्राम रिल्समा यसअघि भिडिओ डाउनलोड गर्ने फिचर थिएन । तर अब भने कम्पनीले यो सुविधा पनि थप गरेको छ ।

यसले इन्स्टाग्राम रिल्समा थप प्रयोगकर्ता आकर्षित गर्ने अनुमान गरिएको छ । हाललाई यो फिचर अमेरिकी प्रयोगकर्ताका लागि उपलब्ध छ । साथै यो फिचर पब्लिक अकाउन्ट भएका प्रयोगकर्ताले मात्र प्रयोग गर्न पाउनेछन् ।

साथै पब्लिक अकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो भिडिओ अन्य व्यक्तिले डाउनलोड गर्न नपाउने गरी ब्लक पनि गर्न सक्नेछन् । अन्य देशमा भने विस्तारै फिचर उपलब्ध गराउने कम्पनीकाे याेजना छ ।

रिल्सको शेयर आइकनभित्र डाउनलोड बटन थप गरिएको छ । यसरी डाउनलोड गरिएको भिडिओमा इन्स्टाग्रामको वाटरमार्क र अकाउन्टको नाम भने हुनेछ ।

पछिल्लो अध्यावधिक: असार ७, २०८० ६:५०