close

आइएमई पेको एपबाट अब नेपाल पे क्यूआर स्क्यान गर्न सकिने

टेकपाना टेकपाना

असार २३, २०८० ९:१३

आइएमई पेको एपबाट अब नेपाल पे क्यूआर स्क्यान गर्न सकिने

काठमाडौं । अब डिजिटल वालेट आइएमई पेबाट नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएको छ । डिजिटल नेपाल अभियानलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ  आइएमई पेले नेपाल पे इन्ट्रिगेट गरेको हो ।

यसअघि कम्पनीले आईएमई पे एपमा स्मार्ट क्यूआर, फोन पे र युनियन पे समावेश गरेको थियो । नेपालमा क्यूआर स्क्यान मार्फत भुक्तानी  बढ्दै गरेको अवस्थामा आइएमई पे र नेपाल पेको आवद्धताबाट डिजिटल नेपाल अभियानमा थप बल मिल्ने कम्पनीको विश्वास छ ।

नेसनल पेमेन्ट स्विच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तर आबद्धता कायम गर्नेगरी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)ले नेपाल पे क्यूआर सञ्चालनमा ल्याएको थियो ।

 

पछिल्लो अध्यावधिक: असार २३, २०८० ९:१३