close

एसईई पास विद्यार्थीले खल्तीबाटै ६० बढी कलेजमा भर्ना आवेदन दिन सक्ने, ५ जनालाई छात्रवृत्ति

टेकपाना टेकपाना

असार २९, २०८० १७:६

एसईई पास विद्यार्थीले खल्तीबाटै ६० बढी कलेजमा भर्ना आवेदन दिन सक्ने, ५ जनालाई छात्रवृत्ति

काठमाडौं । अब खल्ती डिजिटल वालेटबाटै प्लस टु कलेजको आवेदन दिन सकिने भएको छ । खल्तीले +२ कलेजको खोजीमा रहेका विद्यार्थीलाई लक्षित गर्दै प्रवेश परीक्षाका लागि आवेदन दिन सकिने डिजिटल प्रणाली ‘प्रवेशिका’ सार्वजनिक गरेको हो ।

यसबाट एसईई उत्तीर्ण विद्यार्थीहरूले एकै पटक ५० भन्दा बढी कलेजमा आवेदन दिन सक्नेछन् । यस सँगै प्रवेशिका मार्फत आवेदन दिने पाँच विद्यार्थीलाई एक वर्षको पूर्ण छात्रवृत्ति पनि उपलब्ध हुने कम्पनीले जनाएको छ ।

'प्रवेशिका'ले काठमाडौं उपत्यकामा रहेका कलेजका लागि एकै ठाउँमा भर्ना आवेदन दिन मिल्ने प्रणालीको रूपमा काम गर्दछ । प्रयोगकर्ता मैत्री यो डिजिटल प्लेटफर्मले कलेज र विद्यार्थीलाई एउटा साझा माध्यममा समेट्दै कलेज भर्ना प्रक्रियालाई सजिलो बनाउँछ ।

आगामी दिनमा उपत्यका बाहिरका कलेज पनि यसमा उपलब्ध गराउने खल्तीको उद्देश्य रहेको छ ।

यो प्लेटफर्मले कलेजहरूको भौतिक फाराम सङ्कलन गर्ने झन्झटलाई पनि समाधान गर्न सक्छ । साथै सहजै प्रवेश प्रक्रिया व्यवस्थापन गर्नुका साथै विद्यार्थीले घर बसेरै ६० भन्दा बढी कलेजमध्ये आफूलाई अनुकूल हुने कलेज छनौट गरी आवेदन दिंदै भर्ना प्रक्रिया अगाडि बढाउन सक्नेछन् ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले शिक्षा क्षेत्रलाई डिजिटाइज गर्ने लक्ष्यका साथ यो सुविधा ल्याइएको बताए । "आउँदा दिनमा हामी 'प्रवेशिका'लाई क्याम्पस स्तरमा पनि विस्तार गर्दै लैजाने छौं," उनले भने ।

विद्यार्थीले प्रवेशिका डटकममा गएर पनि कलेज भर्नाको लागि आवेदन दिन सक्नेछन् । आवेदकमध्ये पाँच जना भाग्यशाली विजेताले नेपाल मेगा कलेज, युनिभर्सल मोडर्न कलेज, तक्षशिला एकेडेमी, साइपाल एकेडेमी, एसिया प्यासिफिक कलेज जस्ता प्रसिद्ध कलेजमा शत प्रतिशत  छात्रवृत्तिको मौका पाउने छन् ।

 

पछिल्लो अध्यावधिक: असार २९, २०८० १७:८