काठमाडौं । नायिका सुरक्षा पन्त चौधरी ग्रुप अन्तर्गतको सीजी इलेक्ट्रिकको ब्रान्ड एम्बेस्डर घोषित भएकी छिन् । चौधरी समूहको सहायक तथा विद्युतीय उपकरणका लागि परिचित कम्पनी ईओएल प्रालिले पन्तलाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको हो ।
यो सहकार्यले प्रतिभा र उत्कृष्टताको प्रतीकलाई एकै ठाउँमा ल्याउने, ब्रान्डको उपस्थितिलाई अझ माथि उठाउने र कम्पनीका विभिन्न उत्पादनलाई प्रवर्द्धन गर्ने कम्पनीको अपेक्षा रहेको छ ।
सीजी इलेक्ट्रिकले आफ्नो ब्रान्डको प्रतिनिधित्व गराउन सुरक्षा पन्तलाई रोजेको छ। “सुरक्षाको आकर्षण, बहुमुखी प्रतिभा र प्रभावशाली व्यक्तित्वले उपभोक्ताहरूलाई अत्याधुनिक सामानहरू उपलब्ध गराउन र सहज सेवा प्रदान गर्न सहज हुनेछ,” कम्पनीले भनेको छ ।
चिम्नी, सोलार हिटर र इलेक्ट्रिक उपकरणको प्रवर्द्धन कार्यमा पन्तको उपस्थिति रहनेछ ।
सीजी इलेक्ट्रिकसँग आबद्ध हुन पाउँदा आफूले सम्मानित महसुस गरेको पन्तको भनाई छ । “चिम्नी, सोलार र इलेक्ट्रिक उत्पादनको प्रतिनिधित्व गर्न पाउँदा म उत्साहित छु,” उनले भनेकी छन् । साझेदारी अनुरूप पन्त प्रिन्ट र डिजिटल अभियान क्याम्पेनमार्फत ब्रान्डको प्रचारात्मक गतिविधिमा संलग्न हुनेछिन् ।