close

के तपाईंको प्रभु बैंकको मोबाइल बैंकिङ एप अथवा एटीएम चलेन ?

टेकपाना टेकपाना

भदौ १, २०८० २०:७

के तपाईंको प्रभु बैंकको मोबाइल बैंकिङ एप अथवा एटीएम चलेन ?

काठमाडौं । के तपाईंको प्रभु बैंकको मोबाइल बैंकिङ एप, इन्टरनेट बैंकिङ, एटीएम अथवा लिङ्क गरिएका वालेटबाट भुक्तानी भइरहेको छैन ? अहिले सामाजिक सञ्जालमा ग्राहकले प्रभु बैंकका विभिन्न डिजिटल कारोबार गर्न नपाएको भन्दै गुनासो गरिरहेका छन् ।

बैंकले भने कोर बैंकिङ सिस्टमको भर्सन अपग्रेड गर्नुपर्ने भएकाले पूर्व सूचना दिएरै यी सेवा अवरुद्ध भएको जानकारी गराएको छ । यस अन्तर्गत बैंकको इन्टरनेट तथा मोबाइल बैंकिङ, एटीएम र सो बैंक लिङ्क गरिएको डिजिटल वालेटबाट हुने भुक्तानी अवरुद्ध भएका छन् ।

बैंकले बिहीवार एक सूचना जारी गर्दै शक्रवार अपरान्ह ५ बजेदेखि सिस्टम अवरुद्ध हुने भनेको थियो । तर ग्राहकले भने दिउँसो ३ बजेदेखि नै बैंकको सेवा प्रयोग गर्न पाएनन् । सर्भर नचलेका कारण यस्तो समस्या आएको हो । बैंकका अनुसार प्रयोगकर्ताले प्रभु बैंकको सम्पूर्ण डिजिटल कारोबार शनिवार १० बजेपछि मात्र प्रयोग गर्न सक्ने बताएको छ ।

 


 

पछिल्लो अध्यावधिक: भदौ १, २०८० २०:७