close

दक्षिण एसियाली पब्जी प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली टिम

टेकपाना टेकपाना

भदौ ३, २०८० १५:९

दक्षिण एसियाली पब्जी प्रतियोगिताको फाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाली टिम

काठमाडौं । पब्जीको करिब एक करोड रुपैयाँ पुरस्कार राशि भएको प्रतियोगिता ‘पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया फल २०२३’ को फाइनलमा नेपाली टिमले राम्रो खेलिरहेका छन् । 

फाइनलको दोस्रो दिनको खेल सकिंदासम्म नेपाली पब्जी टिम 'रअ ई-स्पोर्ट्स' १८७ पोइन्ट सहित अङ्क तालिकाको शीर्ष स्थानमा रहेको छ । 'रअ ई-स्पोर्ट्स'ले १२ खेलमा तीन चिकेन डिनर र ७४ एलिमिनेसन पोइन्ट निकालेको छ । 

१८६ पोइन्ट सहित मङ्गोलियन पब्जी टिम 'म्याबटेक्स ई-स्पोर्ट्स'ले 'रअ ई-स्पोर्ट्स'लाई पछ्याइरहेको छ । त्यस्तै तेस्रो स्थानमा 'फोमिराकल भाइब्स' र चौथो स्थानमा अर्को नेपाली टिम 'टीटूके ई-स्पोर्ट्स' रहेको छ । 

अन्य नेपाली टिमको कुरा गर्नुपर्दा 'स्काइलाइट गेमिङ' आठौं स्थानमा, 'लियो ई-स्पोर्ट्स' नवौँ स्थानमा र 'डीआरएस गेमिङ' १० औँ स्थानमा रहेका छन् । 'डेडआइज गाइज' र 'वि वन इलुमिनेट' क्रमशः १२ औं र १४ औँ स्थानमा रहेका छन् । 

यो प्रतियोगिताको पुरस्कार राशि ८० हजार अमेरिकी डलर (करिब एक करोड पाँच लाख रुपैयाँ) राखिएको छ । जसमध्ये विजेता टिमले ९५०० अमेरिकी डलर (करिब १२ लाख रुपैँया) हात पार्ने छ । 

त्यस्तै शीर्ष १२ भित्र पर्ने टिमले सोझै 'पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनशिप फल २०२३' मा ठाउँ बनाउने छन् । जहाँ 'पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) पाकिस्तान'बाट आएका आठ टोली पनि हुनेछन् । 

आज फाइनलको अन्तिम दिनको खेल हुँदैछ । खेल बेलुका पाँच बजेदेखि ‘पब्जी मोबाइल ई-स्पोर्ट्स साउथ एसिया’ को फेसबुक पेज तथा युट्युब च्यानलबाट हेर्न सकिने छ ।


 

पछिल्लो अध्यावधिक: भदौ ३, २०८० १५:९