close

महिला ग्राहकलाई ग्लोबल आईएमई बैंकको निःशुल्क क्रेडिट कार्ड

टेकपाना टेकपाना

भदौ ६, २०८० १९:३३

महिला ग्राहकलाई ग्लोबल आईएमई बैंकको निःशुल्क क्रेडिट कार्ड

काठमाडौं । ग्लोबल आईएमई बैंकका महिला ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड पाउने भएका छन् । आउँदो भदौ १४ सम्म सञ्चालन हुने यस अफर अन्तर्गत महिला ग्राहकले क्रेडिट कार्डका लागि अनलाइन आवेदन दिनसक्ने बैंकले जनाएको छ ।

क्रेडिट कारोबारमा महिलालाई प्रोत्साहन गर्न बैंकले गत साउन १६ देखि यो अफर ल्याएको थियो ।

बैंकले देशभर ३५९ शाखा कार्यालय, ३६७ एटीएम र ३२२ शाखारहित बैंकिङ सेवा दिइरहेको छ ।

पछिल्लो अध्यावधिक: भदौ ६, २०८० १९:३३