close

क्लासिक टेकको सस्तो इन्टरनेट प्याकेजः ५७५ रुपैयाँमै ७५ एमबीपीएस

टेकपाना टेकपाना

भदौ ८, २०८० १८:२५

क्लासिक टेकको सस्तो इन्टरनेट प्याकेजः ५७५ रुपैयाँमै ७५ एमबीपीएस

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले सस्तो इन्टरनेट प्याकेज ल्याएको छ । कम्पनीले १४ वर्ष पूरा गरी १५ औं वर्षमा प्रवेश गरेको अवसरमा सस्तो प्याकेज ल्याएको हो ।

कम्पनीका अनुसार ५७५ रुपैयाँमै ७५ एमबीपीएसको इन्टरनेट र ६६२ रुपैयाँमै १०० एमबीपीएसको इन्टरनेट जडान गर्न सकिनेछ । वार्षिकोत्सवको अवसरमा ल्याइएका यी सस्ता प्याकेज सीमित समयका लागि हुन सक्ने अनुमान गरिएको छ ।

इच्छुक ग्राहकले कम्पनीको ग्राहक सम्पर्क नम्बर ९८०१००४४७७ मा फोन गरेर क्लासिक टेकको सस्तो इन्टरनेट प्याकेज लिन सक्नेछन् । कम्पनीले सस्तो मूल्यमा ल्याएका यी प्याकेजहरूमा सर्त भने लागू हुने जनाइएको छ । 

यी प्याकेजहरू कम्पनीले नियमित रूपमा बिक्री गर्दै आएका प्याकेज भन्दा न्यून गतिमा ल्याइएको छ । ७५ र १०० एमबीपीएसका सस्ता प्याकेजको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन । 

कम्पनीले आफ्नो वेबसाइटमा १५० एमबीपीएसदेखि ६५० एमबीपीएस गतिका इन्टरनेट प्याकेजको मात्रै जानकारी राखेको छ । 

पछिल्लो अध्यावधिक: भदौ ८, २०८० १८:४९