close

जीएमडब्लूले ग्राहकलाई दिन थाल्यो क्लासिक डिजाइन भएको आकर्षक ओरा ०३ ईभीको डेलिभरी

टेकपाना टेकपाना

भदौ १७, २०८० १२:१३

जीएमडब्लूले ग्राहकलाई दिन थाल्यो क्लासिक डिजाइन भएको आकर्षक ओरा ०३ ईभीको डेलिभरी

काठमाडौं । नेपाली बजारमा बहु प्रतीक्षित इलेक्ट्रिक–क्रसओभर ओरा ०३ को डेलिभरी सुरु भएको छ । नेपालमा जीडब्लूएमको आधिकारिक वितरक रहेको भीजी इम्पेक्स प्रालि नयाँ बिजुली गाडीको औपचारिक बिक्री सुरु  गरेको हो । 

जीडब्लूएमले ओरा ०३ को लागि ३ जेठ, २०८० मा बुकिङ खुलाएको थियो । बुकिङ घोषणा गरेदेखि नै यो रेट्रो–मोडर्निस्टिक इलेक्ट्रिक क्रसओभरका लागि ग्राहकहरूबाट निकै राम्रो प्रतिक्रिया समेत पाउँदै आएको छ ।

लेदरबाट बनेका प्रिमियम सिट, पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ इन्च इन्टिग्रेटेड टच डिस्प्ले, एडप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जिङ आदि जस्ता आधुनिक सुविधा यो गाडीमा रहेका छन् । विशेषगरी यसको टाइमलेस एक्सटेरियर र आकर्षक इन्टेरियरले ग्राहकको मन लोभ्याएको छ । 

ओरा ०३ मा ४८ किलोवाट प्रतिघण्टाको ब्याट्रीका साथै ४०० किलोमिटरको ड्राइभिङ रेन्ज पाउन सकिन्छ । सुरक्षाको सवालमा ओरा ०३ देशका थोरै विद्युतीय सवारीहरू मध्ये एक भएको दाबी गरिएको छ, जसले एनक्याप (ANCAP) र युरोएनक्याप (EURONCAP) दुवैमा फाइभ–स्टार प्राप्त गरेको छ ।

जसले हरेक यात्रामा आत्मविश्वास जगाउँछ । ओरा ०३ मा छ ओटा ओम्नी डायरेक्सनल एयरब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री भ्यु क्यामेरा, अटोमेटिक भेहिकल होल्ड, एन्टी–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्राक्सन कन्ट्रोल सिस्टम आदि जस्ता सुरक्षा सुविधाहरू छन् ।

 

पछिल्लो अध्यावधिक: भदौ १७, २०८० १२:१३