close

‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ अफर सार्वजनिक

टेकपाना टेकपाना

असोज २, २०८० १९:१३

‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ अफर सार्वजनिक

काठमाडौं । आफ्ना स्मार्टफोन तथा ट्याब्लेट प्रयोगकर्तालाई लक्षित गर्दै सामसङले नयाँ अफर घोषणा गरेको छ । कम्पनीले सोमबार एक विज्ञप्ति जारी गर्दै ‘सामसङ मोबाइल च्याप्पै, स्कुटर झ्याप्पै’ अफर घोषणा गरेको हो ।  

यसअन्तर्गत कम्पनीले आजदेखि सुरु हुने गरी हरेक दिन एक एकका दरले आफ्ना २५ जना ग्राहकलाई टीभीएस एनटीओआरक्यू १२५ सीसी स्कुटर उपहार दिने जनाएको छ ।

यो स्कुटरको मूल्य नेपाली बजारमा दुई लाख ३३ हजार ९०० रुपैयाँ रहेको छ । सोमवारदेखि सुरु भएको यो अफर २५ दिनसम्म सञ्चालन हुनेछ । यो अवधिबीच सामसङको स्मार्टफोन वा ट्याब्लेट खरिद गर्ने जोकोही यो अफरमा सहभागी हुन सक्नेछन् । 

यो अफरका भाग्यशाली विजेता ‘प्रोमोसनल पिरियड’मा घोषणा हुनेछन् । प्रोमोस्नल पिरियड २२ सेप्टेम्बरबाट सुरु भई २० अक्टोबर २०२३ मा समापन हुनेछ । १९ सेप्टेम्बरदेखि २२ सेप्टेम्बरसम्म रजिस्टर गर्ने प्रयोगकर्ता लक्की ड्र मार्फत २२ सेप्टेम्बरमा घोषित हुनेछन् ।

शनिवार सहभागी भएका प्रयोगकर्ता भने आइतवारमा समावेश हुनेछन् । त्यसपछि हरेक साता दुई दिन हरेक दिनका विजेता घोषणा गर्ने कम्पनीले जनाएको छ ।

विजेता इमेज च्यानलको ‘म्युजिक अफ योर च्वाइस’ कार्यक्रममा प्रत्यक्ष छनौट गरिने कम्पनीको भनाइ छ । 

यो अफरमा कसरी सहभागी हुने ?

१. सबैभन्दा पहिले तपाईंसँग सामसङको स्मार्टफोन वा ट्याबलेट भएको हुनुपर्छ । 

२. त्यसपछि सेटिङमा गइ सिरियल नम्बर सर्च गरी वा *#०६# डायल गरी सिरियल नम्बर कपी गर्नुहोस् । 

३. त्यसपछि आफ्नो फोनको एसएमएस बक्समा जानुहोस् अनि SAMSUNG टाइप गरी सिरियल नम्बर टाइप गर्नुहोस् (उदाहरणका लागिः SAMSUNG XXXXXXXXXXX) । अनि ३१००१ मा एसएमएस पठाउनुहोस् । 

४. यति गरेपछि रजिस्टर पुष्टि भएको एसएमएस आउँछ । कम्पनीका अनुसार स्कुटर जित्ने विजेताको सिरियल नम्बर सामसङको आधिकारिक फेसबुक पेजमा आउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०८० १९:२४