close

फेसबुक लाइटमा पोस्ट नदेखिने समस्या !

टेकपाना टेकपाना

असोज २, २०८० २२:९

फेसबुक लाइटमा पोस्ट नदेखिने समस्या !

काठमाडौं । फेसबुकको लाइट भर्सनमा कुनै पनि अकाउन्टबाट पोस्ट भएका सामग्री नदेखिने समस्या आएको पाइएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले मंगलबार दिउँसोदेखि यस्तो समस्या सामना गरेको गुनासो गरेका छन् ।

यसअन्तर्गत कुनै पनि व्यक्तिगत अकाउन्ट, फेसबुक पेज आदिबाट पोस्ट भएका फोटो, पोस्ट वा अन्य किसिमका लिङ्क देखिंदैनन् । त्यस्ता पेजबाट पोस्टमा आएको रियाक्सन, कमेन्ट र शेयर सङ्ख्या मात्र देखिन थालेका छन् । सामाजिक सञ्जाल एक्समा आधमोभ नाम भएका प्रयोगकर्ताले फेसबुक लाइटका सबै पोस्ट कहाँ हराए भनी प्रश्न गरेका छन् ।

केही प्रयोगकर्ताले भने फेसबुकले लाइट एप बन्द गर्न यस्तो गरेको हुनसक्ने अड्कल काटेका छन् । यद्यपि फेसबुकले यसबारे कुनै आधिकारिक जानकारी दिएको छैन । त्यस्तै फेसबुकको आधिकारिक एप्लिकेसनमा पनि लिङ्क शेयर गर्दा फिचर फोटो नदेखिने समस्या देखिएको छ । यसको वास्तविक कारण पनि बाहिर आइसकेको छैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०८० ०:१५