close

फोटोशपमा जस्तै माइक्रोसफ्ट पेन्टमा पनि लेयर र ट्रान्सप्यारेन्सी फिचर

टेकपाना टेकपाना

असोज ४, २०८० १२:५४

फोटोशपमा जस्तै माइक्रोसफ्ट पेन्टमा पनि लेयर र ट्रान्सप्यारेन्सी फिचर

काठमाडौं । माइक्रोसफ्टले आफ्नो पेन्ट (paint) टुलमा फोटोशपको लेयर र ट्रान्सप्यारेन्सी फिचर थपेको छ । विन्डोज इन्साइडर प्राेग्रामका डेभलपरहरूलाई पेन्टको नयाँ भर्सन ११.२३०८.१८.०  उपलब्ध गराउँदै माइक्रोसफ्टले यसको जनाउ दिएको हो ।

विशेषगरी फोटो सम्पादन गर्न तथा डिजिटल कला बनाउन यी फिचर निकै महत्त्वपूर्ण र आवश्यक हुन्छन् । अब भने विन्डोजमा भएको पेन्ट एपमा नि:शुल्क रूपमा यो अपडेट माइक्रोसफ्टले उपलब्ध गराउने भएको छ ।

यससँगै पेन्ट प्रयोगकर्ताहरूले नयाँ लेयर थप्ने, लेयरहरू सार्ने, मर्ज गर्ने, कपी गर्ने जस्ता कामहरू गर्न सक्नेछन् । त्यस्तै पेन्टमा बनाइने विभिन्न फोटो तथा तस्वीरहरू पनि पीएनजी फर्म्याट (png format) मा सेभ गर्न सकिने भएको छ ।

सामान्य फोटो एडिटिङका लागि फोटोशप जस्ता प्रोसेसिङ धेरै चाहिने र क्यानभा जस्तो सशुल्क टुल प्रयोग गर्नु पर्ने बाध्यता यस अपडेटसँगै हट्ने विश्वास गरिएको छ ।

माइक्रोसफ्टले यस टुललाई सन् १९८५ मा विन्डोज १.० रिलिज गर्दै ल्याएको थियो । सामान्य ड्रइङ वा पेन्टिङ गर्न, फोटो इडिटिङ गर्न तथा ग्राफिक्स बनाउन पेन्टलाई प्रयोग गर्ने गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज ४, २०८० १२:५४