close

क्यामियो ब्रान्डको नयाँ इयरबड, एचडी क्वालिटी साउन्डका साथमा ४० घण्टाको ब्याकअप

टेकपाना टेकपाना

असोज १४, २०८० २२:१४

क्यामियो ब्रान्डको नयाँ इयरबड, एचडी क्वालिटी साउन्डका साथमा ४० घण्टाको ब्याकअप

काठमाडौं । नेपाली बजारमा क्यामियो ब्रान्डको इयरबड आउने भएको छ । क्यामियो इन्टरनेसनल प्रालिले चाँडै नै 'क्यामियो फायर १०० इयरबड्स' नेपाली उपभोक्ताका लागि उपलब्ध गराउन लागेको हो ।

कम्पनीका अनुसार यसमा स्टेरियो एचडी साउन्ड क्वालिटी रहेको छ भने एक पटक चार्ज गर्दा ४० घण्टासम्म बिना कुनै समस्या प्रयोग गर्न सकिनेछ ।

'यति मात्र नभई यो इयरबडमा ३० दिनको स्ट्यान्डबाई सुविधा रहेको छ । यसले तपाईँलाई कतै बाहिर घुम्न जाँदा चार्जिङको चिन्ताबाट पुरै मुक्त गर्दछ,'' कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ​''इयरबडलाई पसिना र धुलोले नबिगार्ने गरी स्वीट एण्ड डस्ट रेसिस्टेन्ट फिचर दिइएको छ । यसमा भ्वाइस असिस्टेन्ट सर्पोटका साथ ब्लुटुथ भर्सन ५.३ रहेको छ, जसले सजिलै तपाईँको स्मार्टफोनसँग कनेक्ट गर्न सक्दछ ।''

इयरबडमा रहेको लो लेटेन्सीले मोबाइल गेम खेल्दा गेमिङ मोड अन गरेर सिधै कनेक्टमार्फत गेममा अग्रता हासिल गर्न सहयोग प्रदान गर्ने कम्पनीकाे भनाइ छ । साथै एआई–इएनसी रहेको इयरबडले स्वतः ९० प्रतिशत न्वाइज कन्ट्रोल गरेर चाहेअनुसारको साउण्ड प्रदान गर्ने कम्पनीकाे दाबी छ ।

इयरबडमा ५० एमएएचको ब्याट्री पावर रहेको छ भने चार्जिङ बक्समा ४०० एमएएचको ब्याट्री प्याक रहेको छ, जसलाई १ घण्टामा नै फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज १४, २०८० २२:१४