close

भारत-नेपाल क्रिकेट हुँदै गर्दा डिशहोमले १ वर्षको इन्टरनेट रिचार्जमा २ वर्षको सेवा दिने

टेकपाना टेकपाना

असोज १५, २०८० १२:५४

भारत-नेपाल क्रिकेट हुँदै गर्दा डिशहोमले १ वर्षको इन्टरनेट रिचार्जमा २ वर्षको सेवा दिने

काठमाडौं । भोलि मङ्गलवार हुने भारत विरुद्ध हुने क्रिकेट प्रतियोगितामा नेपाली टिमको समर्थनमा डिशहोमले २४ घण्टे अफर सार्वजनिक गरेको छ । कम्पनीले १२ महिनाको रिचार्ज गर्ने ग्राहकलाई थप १२ महिना बराबरको सेवा निःशुल्क दिने गरी आकर्षक अफर ल्याएको हो ।

एसियन गेम्स अन्तर्गतको क्रिकेट प्रतियोगितामा मङ्गलवार बिहान नेपालले ६ः४५ बजे चीनको ह्वाङ्जाउमा क्वाटर फाइनलमा भारतको सामना गर्दैछ । सोही अवसरमा कम्पनीले 'सपोर्ट आवर नेप्लिज टिम' अफर सार्वजनिक गरेको हो ।

"यदि तपाईं नेपाली नायकहरू प्रति समर्थन जनाउनु हुन्छ भने, हामी तपाईंको सब्सक्रिप्सनको मूल्यमा दोब्बर सेवा दिंदै छौं । यो डिशहोम फाइबरनेट परिवारको अङ्ग भएकोमा तपाईंलाई धन्यवाद भन्ने हाम्रो तरिका हो," कम्पनीले सामाजिक सञ्जालमा पोस्ट गर्दै भनेको छ । तर यो अफर कुन समयमा सुरु हुन्छ भन्ने कुरा भने स्पष्ट खुलाइएको छैन ।

पछिल्लो अध्यावधिक: असोज १५, २०८० १२:५५