काठमाडौं । क्रोम ब्राउजरमा खोलिने ट्याबहरूलाई व्यवस्थापन गर्न गुगलले 'अर्गनाइज ट्याब' नामक नयाँ फिचर ल्याउने भएको छ । ब्राउजरमा धेरै ट्याब खोल्ने प्रयोगकर्तालाई लक्षित गर्दै गुगलले यस्ताे फिचर ल्याउन लागेकाे हाे ।
एक्स प्रयोगकर्ता ‘Leopeva64’ ले गुगलको यो नयाँ फिचरले कसरी काम गर्छ भनेर डेमो देखाएका छन् । उनले देखाएको भिडिओमा ब्राउजरको माथिल्लो बायाँ भागमा 'अर्गनाइज ट्याब' पाउन सकिन्छ । त्यसमा क्लिक गर्दा विभिन्न ट्याबहरूको फरक-फरक समूह बन्छ ।
यस फिचरले ट्याबमा खोलिएको विषय अनुसार समूह बनाउँछ । ती समूहलाई प्रयोगकर्ताले पछि आफू अनुकूल नाम राख्न पनि सक्छन् ।
गुगलको यो फिचर माइक्रोसफ्ट एजमा भएको 'ग्रुप सिमिलर ट्याब्स' फिचरले जस्तै काम गर्ने जनाइएको छ । केही समय अगाडि सार्वजनिक गरेको उक्त फिचरमा माइक्रोसफ्टले एआई प्रयोग गरेको छ ।
यसकारण ‘अर्गनाइज ट्याब' मा पनि गुगलले एआई प्रयोग गरेको हुनसक्ने अनुमान पनि गरिएको छ । यद्यपि गुगलले आधिकारिक रूपमा यस फिचरबारे केही बताएको छैन ।
Apparently one of the options of Chrome's new "Organize Tabs" feature will be the automatic creation of tab groups, after organizing tabs into different groups, Chrome will allow you to rename them, this is what this option currently looks like in Canary:https://t.co/Tee5JieYgxpic.twitter.com/vjAY7KtIhj