close

छात्रवृत्तिमा पूर्वाञ्चलको बीएससी अथवा आईटी कोर्ष पढ्न चाहनु हुन्छ ? यसरी दिनुहोस् अनलाइन आवेदन

टेकपाना टेकपाना

असोज २८, २०८० १९:०

छात्रवृत्तिमा पूर्वाञ्चलको बीएससी अथवा आईटी कोर्ष पढ्न चाहनु हुन्छ ? यसरी दिनुहोस् अनलाइन आवेदन

 

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको विज्ञान तथा प्रविधि सङ्कायले स्नातक तह छात्रवृत्ति सम्बन्धी अनलाइन आवेदन खुलाएको छ । विश्वविद्यालयले आइतवार एक सूचना प्रकाशित गर्दै शैक्षिक सत्र २०८०/०८१ का लागि छात्रवृत्तिको आवेदन खुलाएको हो ।

पूर्वाञ्चल विश्वविद्यालय, विज्ञान तथा प्रविधि सङ्काय अन्तर्गत आङ्गिक एवम् सम्बन्धन प्राप्त स्कुल तथा क्याम्पस र कलेजहरूमा स्नातक तहका बीएससी अन्स एजी, बीएससी बायोटेक्नोलोजी, बीटेक बायोटेक्नोलोजी, बीटेक इन फुड टेक्नोलोजी, बीटेक इन डेरी टेक्नोलोजी, बीएससी फरेस्टी, बीसीए, बीआईटी, पीजीडीसीए तथा बीटेक इन एआई विषय पढाई हुँदै आएको छ ।

तिनै विषयका शैक्षिक कार्यक्रमहरूमा १० प्रतिशत छात्रवृत्ति (पाँच प्रतिशत जेहेनदार र पाँच प्रतिशत आरक्षित) मा भर्नाको लागि संकाय प्रवेश परीक्षा समितिले छात्रवृत्ति परीक्षाका लागि अनलाइन आवेदन फाराम आह्वान गरेको हो ।

विश्वविद्यालयले तोकेको न्यूनतम शैक्षिक योग्यता हासिल गरेका इच्छुक विद्यार्थीहरूले आफूले अध्ययन गर्न चाहेको शैक्षिक संस्था र शैक्षिक कार्यक्रम छनौट गरी अनलाइन फारामको विवरण भर्नुपर्नेछ । त्यसमा सम्पूर्ण शैक्षिक योग्यताका प्रमाणपत्र र पासपोर्ट आकारको फोटोको स्क्यान कपी समेत संलग्न राख्नुपर्ने र तोकिएको दस्तुर सहित सम्बन्धित संकायहरूमा अनलाइन भुक्तानी मार्फत आवेदन फाराम भर्न सकिने व्यवस्था मिलाइएको छ ।

नेपाल बाहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यताको हकमा सम्बन्धित निकाय र संस्थाबाट जारी गरिएको समकक्षताको प्रमाणपत्रको स्क्यान कपी अनिवार्य रूपमा संलग्न राख्नु पर्नेछ । छात्रवृत्ति सम्बन्धी अनलाइन आवेदनको विषयमा थप जानकारीका लागि सङ्काय डीनको वेबसाइट अथवा प्रवेश परीक्षा अथवा यहाँ क्लिक गर्न सक्नु हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २८, २०८० १९:०