close

पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ स्नातकोत्तर तहमा भर्ना खुला, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

चैत ९, २०८० १४:२४

पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ स्नातकोत्तर तहमा भर्ना खुला, यसरी दिनुहोस् आवेदन

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको इन्जिनियरिङ संकायले स्नातकोत्तर तहका शैक्षिक कार्यक्रमहरूमा भर्ना प्रक्रिया खुलाएको छ । एक सूचना जारी गर्दै विश्वविद्यालयले शैक्षिक सत्र २०२४ का लागि विद्यार्थी भर्नाको अनलाइन आवेदन खुलाएको हो । 

स्नातक तहमा इन्जिनियरिङ तह उत्तीर्ण इच्छुक विद्यार्थीले आगामी २ वैशाखभित्र र विलम्ब दस्तुर तिरी ६ वैशाखभित्र अनलाइन आवेदन दिन सक्नेछन् । यस अन्तर्गत आवेदन शुल्क तीन हजार रुपैयाँ र बिलम्ब दस्तुर पाँच हजार रुपैयाँ ताेकिएको छ ।   

हाल विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त स्कुल/क्याम्पस/कलेजहरूमा एमएससी इन इन्जिनियरिङ म्यानेजमेन्ट, एमएससी इन इन्फर्मेसन सिस्टम इन्जिनियरिङ, एमएससी इन इलेक्ट्रिकल पावर इन्जिनियरिङ लगायतका कोर्स सञ्चालनमा रहेका छन् ।

भर्नाबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

 

पछिल्लो अध्यावधिक: चैत ९, २०८० १४:२९