close

सीईओको रूपमा फेरि ओपनएआईमा फर्किँदै अल्टम्यान !

टेकपाना टेकपाना

मंसिर ६, २०८० १३:१५

सीईओको रूपमा फेरि ओपनएआईमा फर्किँदै अल्टम्यान !

काठमाडौं । ओपनएआईबाट बर्खास्तीमा परेका साम अल्टम्यान माइक्रोसफ्टमा जोडिसकेको अवस्थामा फेरि नयाँ मोड आएको छ । आज (बुधवार) एक्समा एक पोस्ट गर्दै अल्टम्यानले पुन: ओपनएआईमा फर्कन इच्छुक भएको बताएका हुन् । 

अल्टम्यानले सो पोस्टमा ओपनएआईका नयाँ बोर्ड सदस्य र माइक्रोसफ्टका सीईओ सत्य नडेलाको सहयोगमा कम्पनीमा फर्कने सङ्केत दिएका छन् । 

“मलाई ओपनएआई मन पर्छ,” उनले लेखेका छन्, “मैले विगत केही दिनदेखि जे गरेको छु, त्यो सबै कम्पनीको टिम र त्यसको उद्देश्यलाई एक ठाउँमा ल्याउनका लागि गरिरहेको छु ।”  

उनले अगाडि लेखेका छन्, “जब मैले आइतबार साँझ माइक्रोसफ्टमा जोडिने निर्णय लिएँ, त्यो समयमा उक्त निर्णय मेरो र ओपनएआई टिमका लागि सही विकल्प थियो ।”

त्यस्तै ओपनएआईमा फर्केपछि माइक्रोसफ्टसँगको साझेदारीलाई बलियो बनाउन तत्पर भएको पनि उनले उल्लेख गरेका छन् ।

अल्टम्यानको यो पोस्टले उनी ओपनएआईमै फर्कन सक्ने सम्भावना बढेएको छ । त्यस्तै उनको यो कदमलाई थुप्रै व्यक्तिले समर्थन गरिरहेका छन् ।

ओपनएआईले समेत उनको पोस्टलाई कोट गरेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ६, २०८० १३:२४