close

नग्न तस्वीरमा नाबालिकाको टाउको जोडी आफन्तलाई पठाउने युवक पक्राउ

टेकपाना टेकपाना

मंसिर ६, २०८० १८:५०

नग्न तस्वीरमा नाबालिकाको टाउको जोडी आफन्तलाई पठाउने युवक पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमा नाबालिकाको तस्वीरको दुरुपयोग गरी चरित्रहत्या गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । साइबर ब्यूरोबाट खटिएको प्रहरी टोलीले नक्कली फेसबुक आईडी बनाएर चरित्रहत्या गरेको आरोपमा सङ्खुवासभा चैनपुर स्थायी घर भई हाल ललितपुर इमाडोल बस्दै आएका १८ वर्षीय अनिश भट्टराईलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार आरोपी किशाेरले सबैभन्दा पहिले नाबालिकाकाे नाममा नक्कली आईडी बनाई अश्लील तस्वीरमा नाबालिकाको टाउकाे जाेडी अपलाेड गरेका थिए । त्यसपछि पीडित नाबालिकाको आफन्त तथा साथीहरूलाई उक्त तस्वीर पठाएर अश्लील कमेन्टसमेत लेखेर चरित्रहत्या गरे ।

यसपछि पीडित पक्षले अनुसन्धान तथा कारवाहीका लागि साइबर ब्यूरोमा निवेदन दिएको थियो । त्यसैको आधारमा अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्दा भट्टराई पक्राउ परेका हुन् ।

भट्टराईमाथि थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: मंसिर ८, २०८० १६:२३