close

प्राविधिक शिक्षाका लागि स्वीजरल्याण्डको ६५ करोड अनुदान स्वीकृत गर्ने सरकारको निर्णय

टेकपाना टेकपाना

मंसिर ७, २०८० १३:१०

प्राविधिक शिक्षाका लागि स्वीजरल्याण्डको ६५ करोड अनुदान स्वीकृत गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वीजरल्याण्ड सरकारले प्राविधिक शिक्षाका लागि दिएको अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो ।

प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले स्वीस फ्रेंक ४.४६५ मिलियन (करिब ६५ करोड नेपाली रुपैयाँ) नेपाललाई दिने भएको हो ।

त्यस्तै मन्त्रिपरिषद्ले विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर ७, २०८० १३:१९