close

अवैध भन्सार छलेर ल्याइएका मोबाइल बिक्री गर्ने पसले पक्राउ

टेकपाना टेकपाना

मंसिर ११, २०८० १६:५५

अवैध भन्सार छलेर ल्याइएका मोबाइल बिक्री गर्ने पसले पक्राउ

काठमाडौं । प्रहरीले अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्याएका मोबाइल बिक्री गर्ने एक जना व्यवसायीलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुरको पाटन स्थित मोबाइल जोनका सञ्चालक सुरेन्द्र दाहाललाई आइतवार पक्राउ गरेको हो ।

काठमाडौं शंखरापुर नगरपालिका वडा नम्बर १ घर भएका दाहालले भारतबाट भन्सार छलि चोरी पैठारी गरी ल्याई मोबाइल बिक्री वितरण गर्ने गरेको सूचनाका आधारमा प्रहरीले अनुसन्धान थालेको थियो ।

त्यस क्रममा कार्यालयबाट खटिएको प्रहरी टोलीले उनले सञ्चालन गरेको पसल खानतलासी गरेको थियो । उक्त पसलबाट भन्सार छली चोरी पैठारी गरी बिक्री वितरण गर्ने उद्देश्यले राखेका ओप्पो, भिभो, पोको, रियलमी लगायतका विभिन्न मोडेलका २४ थान मोबाइल फेला परेको प्रहरीले जनाएको छ ।

दाहाललाई जफत गरिएका मोबाइल सहित आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय हरिहर भवन पुल्चोक पठाइएको छ। 

 

पछिल्लो अध्यावधिक: मंसिर ११, २०८० १६:५५