हाइपर ओएस डिसेम्बरदेखि उपलब्ध हुँदै, साओमीका यी फोनमा प्रयोग गर्न सकिने
मंसिर १२, २०८० १७:५४
काठमाडौं । साओमीको नयाँ अपरेटिङ सिस्टम (ओएस) हाइपर ओएस डिसेम्बर २०२३ देखि उपलब्ध हुने भएको छ । गत महिना सार्वजनिक भएको सो अपरेटिङ सिस्टम कुन कुन डिभाइसमा उपलब्ध हुन्छ भन्ने सूची बाहिर आएको छ । कम्पनीका अनुसार यो साओमी तथा रेड्मी डिभाइसमा उपलब्ध हुनेछ ।
हाइपर ओएस पाउने साओमी र रेड्मी डिभाइस
साओमीले हाइपर ओएस डेभलपर अपडेट विभिन्न ११ डिभाइसका लागि शेड्युअलमा राखेको छ । ती ११ मोडेलका डिभाइल तल उल्लेख गरिएका छन् ।
-
साओमी १२ एस अल्ट्रा
-
साओमी १२ एस प्रो
-
साओमी १२ एस
-
साओमी १२ प्रो
-
साओमी १२ प्रो डाइमेन्सिटी इडिसन
-
साओमी १२
-
साओमी प्याड फाइभ प्रो १२.४
-
रेड्मी के ५० अल्ट्रा
-
रेड्मी के ५० गेमिङ इडिसन
-
रेड्मी के ५० प्रो
-
रेड्मी के ५०
साओमी १२ एस सिरिज, साओमी १२ सिरिज, रेड्मी के ५० सिरिज र साओमी प्याड फाइभ प्रो पनि याे अपडेटका लागि योग्य छन् ।
हाइपर ओएसका फिचरहरू
मीयूआईभन्दा हाइपर ओएसमा स्मुथ एनिमेसन छ । हाइपर ओएसमा बुट टाइम धेरै कम र ब्याकग्राउन्ड मेमोरीमा एपको रिटेन्सन लामो हुने कम्पनीले उल्लेख गरेको छ ।
पछिल्लो समय बजारमा चर्चा पाएको एआई प्रविधिलाई पनि कम्पनीले हाइपर ओएसमा समावेश गरेको छ । प्रयोगकर्ताले एआईको प्रयोगबाट टेक्स्ट तयार पार्न, टेक्स्टबाट तस्वीर बनाउन, नेचुरल ल्याङ्ग्वेज क्वेरिजमा पनि प्रयोगकर्ताले खोजेजस्तै तस्वीर सर्च गर्ने, र तस्वीरमा भएको टेक्स्ट उतार्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।
त्यसबाहेक पनि हाइपर ओएसले विभिन्न डिभाइसलाई एक आपसमा जोड्ने ‘तन्तु’को काम गर्ने कम्पनीको भनाइ छ । त्यसकारण यसमा एउटा डिभाइसमा गरेको कामलाई अर्को डिभाइसबाटै पूर्णता दिन, कल उठाउन, होमस्क्रिन सेट गर्न, युनिभर्सल क्लिपबोर्ड तयार पार्न, नोटिफिकेसन मिररिङ गर्न, फोनको क्यामेरालाई वेब क्यामका रूपमा प्रयोग गर्न र फाइलहरू शेयर गर्न सकिनेछ ।
नयाँ ओएसमा आईओएसको जस्तै लकस्क्रिन, विजेट्स, डाइनामिक आइल्यान्ड जस्तो नोटिफिकेसन सेटिङ र क्वीक सेटिङ मेन्यु पाउन सकिन्छ ।
पछिल्लो अध्यावधिक: मंसिर १२, २०८० १७:५५
