close

हाइपर ओएस डिसेम्बरदेखि उपलब्ध हुँदै, साओमीका यी फोनमा प्रयोग गर्न सकिने

टेकपाना टेकपाना

मंसिर १२, २०८० १७:५४

हाइपर ओएस डिसेम्बरदेखि उपलब्ध हुँदै, साओमीका यी फोनमा प्रयोग गर्न सकिने

काठमाडौं । साओमीको नयाँ अपरेटिङ सिस्टम (ओएस) हाइपर ओएस डिसेम्बर २०२३ देखि उपलब्ध हुने भएको छ । गत महिना सार्वजनिक भएको सो अपरेटिङ सिस्टम कुन कुन डिभाइसमा उपलब्ध हुन्छ भन्ने सूची बाहिर आएको छ । कम्पनीका अनुसार यो साओमी तथा रेड्मी डिभाइसमा उपलब्ध हुनेछ । 

हाइपर ओएस पाउने साओमी र रेड्मी डिभाइस

साओमीले हाइपर ओएस डेभलपर अपडेट विभिन्न ११ डिभाइसका लागि शेड्युअलमा राखेको छ । ती ११ मोडेलका डिभाइल तल उल्लेख गरिएका छन् । 

  • साओमी १२ एस अल्ट्रा

  • साओमी १२ एस प्रो

  • साओमी १२ एस

  • साओमी १२ प्रो

  • साओमी १२ प्रो डाइमेन्सिटी इडिसन

  • साओमी १२

  • साओमी प्याड फाइभ प्रो १२.४

  • रेड्मी के ५० अल्ट्रा

  • रेड्मी के ५० गेमिङ इडिसन

  • रेड्मी के ५० प्रो 

  • रेड्मी के ५०

साओमी १२ एस सिरिज, साओमी १२ सिरिज, रेड्मी के ५० सिरिज र साओमी प्याड फाइभ प्रो पनि याे अपडेटका लागि योग्य छन् । 

हाइपर ओएसका फिचरहरू

मीयूआईभन्दा हाइपर ओएसमा स्मुथ एनिमेसन छ । हाइपर ओएसमा बुट टाइम धेरै कम र ब्याकग्राउन्ड मेमोरीमा एपको रिटेन्सन लामो हुने कम्पनीले उल्लेख गरेको छ । 

पछिल्लो समय बजारमा चर्चा पाएको एआई प्रविधिलाई पनि कम्पनीले हाइपर ओएसमा समावेश गरेको छ । प्रयोगकर्ताले एआईको प्रयोगबाट टेक्स्ट तयार पार्न, टेक्स्टबाट तस्वीर बनाउन, नेचुरल ल्याङ्ग्वेज क्वेरिजमा पनि प्रयोगकर्ताले खोजेजस्तै तस्वीर सर्च गर्ने, र तस्वीरमा भएको टेक्स्ट उतार्न सक्ने कम्पनीले उल्लेख गरेको छ  । 

त्यसबाहेक पनि हाइपर ओएसले विभिन्न डिभाइसलाई एक आपसमा जोड्ने ‘तन्तु’को काम गर्ने कम्पनीको भनाइ छ । त्यसकारण यसमा एउटा डिभाइसमा गरेको कामलाई अर्को डिभाइसबाटै पूर्णता दिन, कल उठाउन, होमस्क्रिन सेट गर्न, युनिभर्सल क्लिपबोर्ड तयार पार्न, नोटिफिकेसन मिररिङ गर्न, फोनको क्यामेरालाई वेब क्यामका रूपमा प्रयोग गर्न र फाइलहरू शेयर गर्न सकिनेछ ।

नयाँ ओएसमा आईओएसको जस्तै लकस्क्रिन, विजेट्स, डाइनामिक आइल्यान्ड जस्तो नोटिफिकेसन सेटिङ र क्वीक सेटिङ मेन्यु पाउन सकिन्छ ।

पछिल्लो अध्यावधिक: मंसिर १२, २०८० १७:५५