close

अनलाइन पढ्न मिल्ने डिग्रीको भर्ना खुल्यो, यसरी दिनुहोस् आवेदन

टेकपाना टेकपाना

मंसिर १९, २०८० ७:२३

अनलाइन पढ्न मिल्ने डिग्रीको भर्ना खुल्यो, यसरी दिनुहोस् आवेदन

काठमाडौं । अनलाइन माध्यमबाट पठनपाठन हुने नेपाल खुला विश्वविद्यालयले आफ्नो सङ्काय अन्तर्गतका विषयहरूमा  भर्ना खुला गरेको छ । विश्वविद्यालयले सूचना जारी गर्दै शैक्षिक वर्ष २०८० हिउँदे सत्रको पहिलो सेमेस्टरमा भर्ना खुला गरेको हो ।  

यससँगै विश्वविद्यालयको सामाजिक शास्त्र तथा शिक्षा संकायको चार,  विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायको पाँच र व्यवस्थापन तथा कानून संकायको दुई विषयहरूमा स्नातकोत्तर तहमा भर्ना खुलाएको छ । 

विश्वविद्यालयले खुला गरेको विषयमा मास्टर इन ई-गभर्नेन्स, मास्टर इन जियोइन्फर्मेटिक्स, मास्टर इन पेडागोजीकल साइन्स लगायत छन् । 

इच्छुक विद्यार्थीले विश्ववविद्यालयको वेबसाइटमार्फत मंसिर ३० गतेसम्म फाराम भर्न सक्नेछन् । भर्ना हुनेले कम्प्युटरको आधारतूम सीप तथा ज्ञान प्राप्त गरेको र कक्षा सञ्चालन हुन प्रत्येक विषयमा न्यूनतम विद्यार्थी संख्या २० हुनुपर्ने विश्वविद्यालयले जनाएको छ । भर्ना बारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् । 

 

हेर्नुहोस् सूचना

 

पछिल्लो अध्यावधिक: मंसिर १९, २०८० ७:२३