close

नबिल बैंकका ग्राहकलाई मसिनबाट चेक क्लियरिङ गर्ने सुविधा

टेकपाना टेकपाना

मंसिर २०, २०८० ९:४५

नबिल बैंकका ग्राहकलाई मसिनबाट चेक क्लियरिङ गर्ने सुविधा

काठमाडौं । नबिल बैंकले चेक क्लियरिङ गर्ने सुविधा ल्याएको छ । यस सुविधामार्फत आउटवार्ड क्लियरिङ्ग चेक अब ग्राहक स्वयंले कीओस्क मार्फत सोझै सम्बन्धित नबिलको खातामा रकम जम्मा गर्न सक्नेछन् ।

यो सुविधासँगै अब ग्राहकले आफ्नो समय अनुकूल कार्यलय समय बाहेकका समयमा पनि बिना झन्झट चेक डिपोजिट गर्नसक्ने बैंकले जनाएकाे छ । यो सेवाबाट ग्राहकको समयको बचत हुनुका साथै स्वचालित रूपमा कारोबार हुनेछ  ।

हाललाई नबिल बैंकका काठमाडौं उपत्यकामा ६ र उपत्यका बाहिर चार गरी १० शाखाबाट उक्त सेवा सञ्चालनमा ल्याइएको छ । बैंकका अनुसार उपत्यका भित्रका तीनधारा, ललितपुर, त्रिपुरेश्वर, नयाँ बानेश्वर, न्यूरोड र कुलेश्वर शाखाबाट तथा उपत्यका बाहिरका विराटनगर, वीरगन्ज, पोखरा र बुटवल शाखामा यो सुविधा पाउन सकिनेछ । 

पछिल्लो अध्यावधिक: मंसिर २०, २०८० ९:४५