close

खल्तीबाट ५० रुपैयाँ टपअप गर्दा थाइल्याण्ड घुम्ने अवसर

टेकपाना टेकपाना

मंसिर २०, २०८० १०:११

खल्तीबाट ५० रुपैयाँ टपअप गर्दा थाइल्याण्ड घुम्ने अवसर

काठमाडाैं । डिजिटल वालेट खल्तीले टपअपमा आईफोन र डायमन्ड रिङको अफरपश्चात बन होलिडेजको सहकार्यमा ग्राहकहरूका लागि टपअपमा थाइल्याण्ड भ्रमणको नयाँ अफर ल्याएको छ ।

यस अफर अन्तर्गत खल्ती प्रयोगकर्ताले मंसिर १५ देखि पुस २९ सम्म ५० रूपैयाँको टपअप गरी थाइल्याण्ड भ्रमणको लक्की ड्रमा सहभागी हुने मौका पाउनेछन् । साथै हरेक टपअपमा २५ खल्ती पोइन्ट्स पनि प्राप्त गर्नेछन् ।

याे अफरमा सहभागी हुन ग्राहकले खल्तीको फिचर्ड सर्भिसेस सेक्सनमा रहेको ‘टपअपमा मा थाइल्याण्ड ट्रिप’ आइकनबाट ५० रूपैयाँको रिचार्ज गर्नुपर्नेछ ।

रिचार्ज गरेपछि केवाईसी भेरिफाइड ग्राहकहरू थाइल्याण्ड ट्रिप जित्न योग्य हुनेछन् भने २५ रूपैयाँ खल्ती पोइन्ट्स पनि तुरुन्तै खल्ती खातामा प्राप्त गर्नेछन् । केवाईसी भेरिफाइड ग्राहकले पनि तुरुन्तै आफ्नो केवाईसी भेरिफाइड गराई अफरमा सहभागिता जनाउन सक्नेछन् ।

यसरी सहभागिता जनाउने खल्ती प्रयोगकर्तामध्ये नै एक भाग्यशाली जोडी विजेताको घोषणा हुने छ । टपअपमा थाइल्याण्ड ट्रिप’ अफर भने मंसिर १५ देखि पुस २९ सम्म सञ्चालन हुने खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले बताएका छन् ।

उनी भन्छन्, ‘डिजिटल भुक्तानीप्रति उत्प्रेरित गर्न हामीले प्रदान गर्दै आएका अफरमध्ये एकदमै रुचाइएको अफर टपअप पनि हो । गएको मंसिरमा हामीले टपअपमा डायमन्ड रिङ्ग अफर पनि सञ्चालन गरेका थियौं र यस ४५ दिनसम्म सञ्चालित अफर अन्तर्गत ५५ हजार प्रयोगकर्ता अफरमा सहभागी थिए । यसरी नै टपअपमा थाइल्याण्ड ट्रिप अफरमार्फत् हामी थप प्रयोगकर्तालाई डिजिटल भुक्तानीप्रति आकर्षित गर्दै लाभान्वित गर्ने कुरामा विश्वस्त छौं ।’

बन होलिडेजले सन् २०१४ देखि हवाई टिकट, होटल बुकिङ जस्ता सुविधाहरू उपलब्ध गराउँदै आएको छ । यो ट्राभल एजेन्सीले हालसम्म प्रत्यक्ष साथै बीटुबी च्यानलहरूमार्फत ७० हजारभन्दा बढी ग्राहकहरूलाई सेवा दिइसकेको छ ।

पछिल्लो अध्यावधिक: मंसिर २०, २०८० १०:१३